स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा मुद्दा दर्ता,९६ अर्ब १२ करोड रुपैयाँ बिगो दाबी

२८ साउन, काठमाडौँ । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा मुद्दा दर्ता भएको छ । सरकारी वाकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा बुधबार मुद्दा दायर गरेको हो । लिलामीमा अनियमिता भएको भन्दै ९६ अर्ब १२ करोड १७ लाख रुपैयाँ बिगो दाबी गर्दै २२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

मुद्दामा स्मार्ट टेलिकम, एनसेल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) सहित विभिन्न कम्पनी तथा तिनका पदाधिकारीलाई प्रतिवादी बनाइएको छ । उनीहरू विरुद्ध आपराधिक विश्वासघात तथा ठगी, सङ्गठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरको अभियोग लगाइएको छ ।

एनसेलका अध्यक्ष सतिशलाल आचार्य, सञ्चालक सदस्य सचिनलाल आचार्यसहित सात विदेशी नागरिक विरुद्ध मुद्दा दायर भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेसहित आठ जनालाई पनि अभियुक्त बनाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी तथा स्मार्ट टेलिकमको लिलामी प्रक्रियामा सहभागी अन्य तीन कम्पनीसँग सम्बन्धित व्यक्तिमाथि पनि अभियोग लगाइएको छ ।

अभियोग लगाइएको व्यक्ति र विगो दाबीको विवरण

You May Also Like

More From Author

+ There are no comments

Add yours