श्रम संस्कृति पार्टीमा आन्तरिक विवाद बढ्दै, क्यूआरटी विघटन नगर्न अध्यक्ष साम्पाङलाई चेतावनी

१९ साउन, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सामाजिक सञ्जालमार्फत पार्टीको भातृ संगठन ‘क्यूआरटी’ विघटन गरेपछि विवाद उत्पन्न भएको छ ।

अध्यक्ष साम्पाङको निर्णयविरुद्ध क्यूआरटीका संयोजक रहेका ज्ञानु चाम्लिङले एक प्रेस विज्ञप्ति निकालेर समिति विघटन नगर्न चेनावती दिएका छन्। सोमबार जारी प्रेस विज्ञप्तिअनुसार क्यूआरटी विघटन नगर्न अध्यक्ष साम्पाङलाई आग्रह गरेका छन्। अध्यक्षि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत क्यूआरटी विघटन गर्ने घोषणा गरेका थिए।

त्यसलाई लिएर क्यूआरटीका संयोजक चाम्लिङले भनेका छन्, ‘हामीसँग कुनै सरसल्लाह वा छलफल नगरी, हामी आवद्ध रहेको टिम विघटन गरी विधानले व्यवस्था गरेको सुरक्षा विभाग गठन गर्ने घोषणा गर्नु विधानविपरीत तथा अलोकतान्त्रिक कदम हो।’

संयोजक चाम्लिङले विधानविपरीत र अलोकतान्त्रिक कमद नचाल्न माग गरेका छन्। क्यूआरटी विघटन गरिए आफूले पुनर्गठन गर्ने उनले चेतावनी दिएका छन्।

‘यदि उक्त गैरकानुनी तथा विधानविपरीत कार्य नरोकिएमा हामी क्यूआरटीलाई पुनर्गठन गर्नेछौं र पार्टीलाई विधान, विधि र लोकतान्त्रिक मूल्य मान्तयताअनुसार सञ्चालन गराउने अभियानमा सक्रिय हुने सबैलाई जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours