०४ असार, काठमाडौँ । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ । ह्यारी केनको दुई गोलबाट प्रेरित इंग्ल्यान्डले बुधबार अमेरिकाको डालासमा समूह ‘एल’ को खेलमा क्रोएसियालाई ४–२ गोलले पराजित गरेको छ ।
२०१८ मा फाइनल पुग्ने क्रममा क्रोएसियाले इंग्ल्यान्डलाई नकआउट चरणमा पराजित गरेको थियो । तर लुका मोड्रिजसहितको स्वर्णिम पुस्ताको क्रोएसियाले विश्वकप जित्ने अन्तिम अवसरमा त्यो प्रर्दशनलाई दोहोर्याउन सकेनन् ।
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्यान्डले क्रोएसियाविरुद्ध १२ औं मिनेटमा अग्रता लिएको थियो । तर मार्टिन बिउटुरिनाले ३६ औं मिनेटमा गोल गर्दै क्रोएसियालाई १–१ को बराबरीमा ल्याए । केनले ४२ औं मिनेटमा गोल गरेपछि इंग्ल्यान्डले पुनः अग्रता लियो ।
तर पिटर मुसाले पहिलो हाफको पाँचौं मिनेटमा गोल गर्दै पुनः क्रोएसियालाई २–२ को बराबरीमा ल्याए । जुड बेलिङघमले गोल गर्दै इंल्यान्डलाई पुनः अग्रता दिलाएका थिए । मार्कुस र्यासफोर्डले ८५ औं मिनेटमा इंग्ल्यान्डबाट चौथो गोल गरे ।


+ There are no comments
Add yours