अधिकशुक्ल पद्मिनी एकादशीको धार्मिक महत्व?

१२ जेठ, काठमाडौँ। मिती २०८३ साल जेठ १३ गते बुधबार अधिक ज्येष्ठशुक्लपक्ष पद्मिनी एकादशी तिथि प्रात: ८ / २६ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथि भएकोले बिशेष चैत्रआदी बाह्र महिनामा दुइ पक्ष गरेर जम्मा २४ वटा एकादशी पर्दछ। तर पुरुषोत्तम महिना परेको बेलामा २ वटा पद्मिनी र परमा नामको एकादशी थपिने हुँदा युधिष्ठिर महाराजले भगवान श्रीकृष्णप्रति प्रश्नगर्न थाल्नुहुन्छ। हे प्रभु !यो मलमास {पुरुषोत्तम }महिनाको शुल्क पक्षमा के नामको एकादशी पर्दछ ?यसको व्रतबिधि के हो ?भनि प्रश्न गरेकोहुँदा श्री कृष्ण आज्ञा गर्नुहुन्छ। “मम मासस्य या पुण्या प्रोक्ता नाम्ना च पद्मिनी।अर्थात् मलमास {पुरुषोत्तम }महिना मेरो महिना हो। यसको शुक्लपक्षको एकादशीको नाम पद्मिनी हो ,जो अत्यन्त पुण्यदिने एकादशी भनिन्छ। यो एकादशीको व्रत जसले विधिविधान सहित गर्दछ भने त्यसलाई भगवानले आफ्नु धाममा पुर्याउनुहुन्छ।”नारदाय पुरा प्रोक्तं विधिना व्रतमुत्तमम्। पद्मिन्या :पापराशिध्नं भुक्तिमुक्ति फलप्रदम्।।”अर्थात् थुप्राका – थुप्रा पाप नाशगर्ने अनि व्रतिलाई भुक्ति र मुक्तिको समेत फलदिने यो पद्मिनी एकादशीको अत्यन्त उत्तम व्रत सबभन्दा पहिले ब्रह्माजीले नारदलाई बताउनु भएको थियो। त्यो तिमि सुन भनि श्रीकृष्णले युधिष्ठिरलाई भन्नुभयो। यो व्रत सावधान सुन। “एकादश्यां निराहार :स्थित्वाहमपरेSहनि। भोक्ष्यामि पुण्डरीकाक्ष शरणं मे भवाच्युत।।”अर्थात् कमलनयन भगवान अच्युत !म एकादशीको दिन निराहार रहेर दोश्रो दिन भोजन गर्दछु। हजुर मलाई शरण दिनुहोस भनि अघिल्लो दिन दशमीको दिन नै नियम बस्नुपर्दछ। काँसको भाँडामा खानु तथा मासु ,मसूरो ,चना ,कोदो ,साग ,मह ,अर्काको अन्न ,आमिष र मैथुन यी दश चिज दशमीकै दिनमा त्याग्नुपर्दछ। त्यसपछि यो दिन समुद्री नून नहालेको केराउको दाल वा शुद्ध सब्जी {तरकारी }का साथ हविष्यान्न {एकछाक }प्रसाद {भात }खानुपर्दछ। एकादशीको दिन म एकछाक ,हविष्यान्न खाने तथा थोरै बोल्ने ,भूईँमा सुत्ने ,ब्रह्मचर्यमा रहने गर्दछु भनि दशमीको दिनमा नै मनले संकल्प गर्नुपर्दछ।
एकादशीको दिन प्रात सवेरै प्रसन्नतापूर्वक उठेर आफ्नु हातलाई र पृथ्वीलाई ढोगी मलत्याग गर्नुपर्दछ। त्यस दिन दतिवन {दाँत माझ्नु }गर्न हुँदैन। तर औंलाले दाँत मात्र दलेर सोह्र पल्ट कुल्लागरी शुद्ध भएर सावधानीपूर्वक सूर्यउदाएको बेलामा गंगाजिमा गोवर ,माटो ,तिल – कुश तथा सुकेको अमलाको चूर्ण {लेदो }ले प्रसन्न भएर शरीरमा दल्दै संकल्प पढेर विष्णु भगवानको र वरुणको नाम जप्दै स्नान गर्नुपर्दछ। त्यसपछि कुशले मार्जन {शिरमा छर्कने }गर्नुपर्दछ। त्यसपछि सेतो वस्त्र पहिरिएर शुद्ध आसनमा बसेर कुशको औंठी र टिका लगाएर सन्ध्या {जप } घरमा गरेमा एक गुणा ,नदीको किनारमा गरेमा दुइ गुणा ,गौशालामा हजार गुणा ,अग्निहोत्र घरमा एक हजार एक सय गुणा ,तिर्थ ,देवता , तुलसीको नजिक गरेमा लाख गुणा र भगवान विष्णुको नजिक गरेमा करोड गुणा फल प्राप्त हुने गर्दछ। त्यसपछी जप सकेर पितृहरुलाई तर्पण दिइ दिप ,कलश ,विश्वक्शेन {गणेश }को आवाहनगरी माझमा तामाको थाली ,कलश स्थापनागरी सुनको वा प्रतीमा राखेर श्रीलक्ष्मीनारायण भगवानको र राधा सहित पुरुषोत्तम भगवानको सोडोशो उपचारले श्रीखण्ड ,तुलसी ,कस्तुरी ,कुम्कुम ,सेतो कमलआदी द्वारा पूजा अर्चना गर्नुपर्दछ।त्यसपछि धुप ,कपुरको आरती गरी धेरै प्रकारका नैवेद्देहरु अर्पण गरेर भगवानको नजिक बसेर श्रद्धाभक्तिपूर्वक किर्तन ,नाच -गान गर्नुपर्दछ। सकिन्छ भने सधैं नत्र यो दिन व्रतिले धर्म छोडेका पतित ,पापीहरुसँग बोल्नु र छुनु हुँदैन्। झुटो बोल्नु हुँदैन ,साँचो बोल्नु पर्दछ ,रजस्वला नारीलाई छुनु हुँदैन ,ब्राह्मण ,गुरु र मान्यजनहरुको निन्दा गर्नुहुँदैन। विष्णु भगवानको अगाडी रहेर वैष्णवहरुका साथ पुराण सुन्नुपर्दछ। यो दिन निर्जला हो र दिन ,रात पानीसम्म पनि नपिई व्रत गर्नुपर्दछ। नसके पानी र दुध मात्र पिएर बस्नु अरुथोक खानुहुन्न। राती भजन – किर्तनको साथ पहिलो प्रहरमा पूजागरी नरिवेलले अर्घ दिनु ,दोश्रो प्रहरमा बेल राखेर ,तेश्रो प्रहरमा बिमिरो राखेर र चौथो प्रहरमा सुपारी राखेर अर्घ दिएमा पहिलो प्रहरमा जाग्राम र अर्घ दिएको फल अग्निष्टोम यज्ञ गरेको पुण्य ,दोश्रो प्रहारको वाजपेय यज्ञ ,तेश्रो प्रहरको हयमेध यज्ञको र चौथो प्रहरमा गरेको फल राजसूय यज्ञको मिल्नेछ। जसले यो पुरुषोत्तम महिना शुक्लपक्षको एकादशीको व्रत विधिपूर्वक गर्यो ,त्यसले पृथ्वीमा भएका साँढे तिन करोड तिर्थहरुमा स्नान र दर्शन गरेको फल प्राप्त गर्दछ। द्वादशीको दिनमा ति सम्पूर्ण सामग्रीहरु वैष्णव ब्राह्मणलाई दान दिएर दम्पतिलाई भोजन गराएर आफुले पनि भोजन ग्रहण गर्नुपर्दछ। उहिले त्रेता युगमा माहिष्मती नगरमा हैहय राजाहरुको वंशमा वीर कृतवीर्य नामको राजा थियो। त्यस राजाका एक हजार पत्नीहरू थिए।छोरा प्राप्त गर्नको लागी ति राजाले द्दौताहरु ,पितृहरु ,सिद्धहरु ,वैद्दहरु लगाएर धेरै उपचारगर्दा पनि तीनिहरुबाट छोरा नभएपछी राजाले आफ्नु सम्पूर्ण श्री – सम्पत्ति मन्त्रीलाई सुम्पेर जंगल जान गेरुवा वस्त्र धारण गरेर निक्लिएको अवस्थामा हरिश्चन्द्रकी छोरी पद्मिनी नाम गरेकी पत्नी पनि सँगै पतिको साथ जंगल गएर दश हजार वर्षसम्म तपस्यागर्दा पनि छोरो नभएपछी तिनीहरु अत्रिकी पत्नी अनसूयालाई बाटोमा भेटेर तिनीहरु दुवै जनाले विन्ती गर्दा अनसूया भन्छिन् तिमीहरु दुवै जनाले पुरुषोत्तम महिना आउनुभन्दा बाह्र महिना अघिदेखि एकादशीको व्रत गर र पुरुषोत्तम महिनाभरी स्नानगरी पद्मिनी र परमा एकादशीको व्रत गरेर श्री विष्णु र पुरुषोत्तम भगवानको पूजा – अर्चना सकेर रात्रीमा जाग्राम भै द्वादशीको दिन ब्राह्मण भोजन गराएर आफुले पनि भोजन गरेमा छोरो हुनेछ भनेको हुनाले ति दम्पतीले पनि सोहि बमोजिम व्रत ,स्नान विधिपूर्वक गरेको हुनाले कार्तवीर्य नाम गरेको रावणलाई हराउने छोरो प्राप्त गरेका थिए। त्यसैले जसले यो व्रत बस्दछ त्यसले इच्छिद फल प्राप्त गरेर अन्त्यमा हरिको पद प्राप्त गर्दछ। त्यसपछी यो पद्मिनी एकादशी व्रत र पुरुषोत्तम भगवानको व्र

You May Also Like

More From Author

+ There are no comments

Add yours