पाकिस्तानमा अमेरिकासँग वार्ता गर्नुअघि इरानको सर्त: लेबननमा आक्रमण रोकिनुपर्छ

२८ चैत, काठमाडौँ। इरानका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ता सुरु गर्नुअघि लेबननमा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता हुनुपर्ने माग गरेका छन्।

बीबीसीका अनुसार उनले भनेका छन्, ‘यी दुवै कुरा पहिले नै सहमति भइसकेको छ तर अझै कार्यान्वयन भएको छैन।’

इरानी सञ्चारमाध्यमका अनुसार वार्ताका लागि संसद्‌का सभामुख गालिबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद पुगिसकेको छ।

इरानसँग वार्ता गर्न अमेरिकाका उपराष्ट्रपति भान्स पनि शुक्रबार साँझ पाकिस्तान प्रस्थान गरिसकेका छन्।

विमान चढ्नुअघि उपराष्ट्रपति भान्सले भने, ‘हामी वार्ताको लागि उत्साहित छौँ।’

साथै उनले यदि इरानले ‘राम्रो नियतका साथ’ काम गर्‍यो भने अमेरिका ‘सहयोगी हात फैलाउन’ तयार रहेको पनि बताए।

उनले भने, ‘वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले मलाई दिशानिर्देश गरेका छन्।’

अमेरिकाका उपराष्ट्रपति भान्स पाकिस्तान प्रस्थान गर्ने बेलाको भिडिओ

You May Also Like

More From Author

+ There are no comments

Add yours