गर्मी छल्न नदीतिर: सुनकोशीमा राफ्टिङको चहलपहल बढ्दै (तस्बिरहरू)

२१ चैत, सिन्धुपाल्चोक । काठमाडौँ उपत्यकासहित देशभर दिनानुदिन तापक्रम बढ्दै जाँदा गर्मी छल्न आन्तरिक पर्यटकहरूको रोजाइ नदी किनारतर्फ मोडिएको छ ।

विशेषगरी सप्ताहान्त मनाउन परिवार र साथीहरूसँग सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोशी) नदीमा जलयात्रा (राफ्टिङ) गर्नेहरूको चाप पछिल्ला दिनमा बढ्न थालेको छ ।

गर्मीबाट राहत पाउँदै नदीसँग रमाउने अवसरका कारण सुकुटे उपत्यकाबासीका लागि प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहाँ फागुनको मध्यदेखि असार–साउनसम्म राफ्टिङ सञ्चालन हुने गर्दछ ।

नदिको तीव्र बहावमा डुंगामाथि ठोक्किने छालले उछिट्टिएको पानी अनुहारमा पर्दा शरीर सिहरिए पनि सहभागीहरूको अनुहारमा डरभन्दा उत्साह नै बढी देखिन्छ ।

नेपाल राफ्टिङका लागि विश्वमै आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । सुनकोशी र भोटेकोसीसँगै त्रिशूली, सेती, कालीगण्डकी, मार्स्याङ्दी, तमोर र कर्णाली नदीहरू पनि साहसिक जलयात्राका लागि प्रसिद्ध मानिन्छन् ।

यी नदीहरूले प्राकृतिक सौन्दर्यसँगै साहसिक अनुभव प्रदान गर्ने भएकाले आन्तरिक मात्र होइन, विदेशी पर्यटकसमेत आकर्षित हुने गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरु:

You May Also Like

More From Author

+ There are no comments

Add yours