आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना

१६ चैत, काठमाडौँ । आज (मंगलबार) काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले मंगलबार बिहान ६:२२ बजे नेपालखबरसँग भने, ‘मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

यसैबिच काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वमानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस छ।

यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।

हिजो (सोमबार) सुरुवाती मापनमा १५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला १४.९ डिग्री सेल्सियस कायम भएको थियो। अस्ति (आइतबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours