निर्वाचन प्रचारप्रसारका लागि देश दाैडाहामा बालेन, यस्ताे छ आजकाे कार्यतालिका

२२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह यतिबेला चुनावी अभियानमा व्यस्त छन्। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा उनी देशका विभिन्न जिल्लामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बनेका शाह सुदूरपश्चिमदेखि पूर्वी भूभागसम्म पुगिसकेका छन्। रास्वपाबाट प्रधानमन्त्रीका रूपमा प्रस्तावित उनी परिवर्तनको एजेन्डा लिएर जनतामाझ देखिन थालेका छन्।

बिहीबार शाह उदयपुर, खोटाङ र ओखलढुङ्गामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ। दिनको सुरुवात बिहान ८ बजे उदयपुरको गाइघाटबाट हुनेछ। त्यसपछि साढे ९ बजे देउरी–चौडे–कटारीमा आयोजना हुने कार्यक्रममा उनले सम्बोधन गर्नेछन्।

दिउँसो साढे १ बजे उनी धार्मिक स्थल हलेसी महादेव, खोटाङ पुग्नेछन् भने साढे ३ बजे ओखलढुङ्गाको केतुकेमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउनेछन्।

उल्लेखनीय रूपमा, शाह झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours