०१ मंसिर, काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ।
एनपीएलको दोस्रो सिजनका सबै खेल त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कुल ३२ खेल समावेश छन्।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोली— जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन्।
उद्घाटन खेलका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। लिग चरण र अन्य दिनको खेलका लागि भने साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार रुपियाँ तोकिएको छ। प्लेअफपछिका खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सम्पूर्ण सिजनका लागि एकमुस्ट सिजनल टिकटको मूल्य १५ हजार रुपियाँ तय गरेको छ।
प्रतियोगिताको दोस्रो दिन मङ्गलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्।


+ There are no comments
Add yours