भाषा परीक्षा आजदेखि

०१ मंसिर, काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षण सोमबार (मङ्सिर १) देखि सुरु हुँदै छ । सन् २०२५ मा इपिएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षाका लागि आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सोमबारदेखि हुन लागेको हो ।

इपिएस शाखाका अनुसार दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका बेला उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा दुई महिनाभित्र सक्ने गरी गर्न लाएिको हो । भाषा परीक्षाको सूचना कोरिया र नेपालले एकै पटक सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । भाषा परीक्षामा एक लाख दुई हजार ५१५ परीक्षार्थी सहभागी हुने भए पनि पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेको जनाएको छ । सो शाखाका अनुसार उत्पादनमूलक क्षेत्रको परीक्षालाई पहिलो चरणमा र कृषि तथा पशुपालन क्षेत्रका परीक्षार्थीको लागि अर्को मिति तय गरिने तयारी भइरहेको छ । कृषि तथा पशुपालन क्षेत्रमा परीक्षार्थी ३५ हजार छन् ।

पछिल्लो समय कोरियाले नेपालबाट ठुलो सङ्ख्यामा नेपाली श्रमिक लैजाने गरी भाषा परीक्षा गर्ने तयारी गरिरहेको छ । कोरियाले १७ इपिएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक माग गर्दै आएको छ । नेपालको आन्तरिक कारण भाषा परीक्षामा ढिलाइ भए नेपाललाई कोरियाले दिँदै आएको कोटा अन्य देशमा जाने सम्भावनासमेत रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours