२८ कार्तिक, काठमाडाैँ । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम यसपटक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
पोखरा एभेन्जर्सले यही मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो सिजनको लागि निसमलाई अनुबन्ध गरेको घोषणा गरेको हो । पहिलो सिजनमा च्याम्पियन जनकपुर बोल्ट्सबाट खेलेका निशमले दोस्रो सिजन पोखराबाट खेल्ने भएका हुन् । उनले जनकपुर बोल्ट्सलाई पहिलो सिजनको उपाधि दिलाउन ब्याट र बल दुवैमा अलराउण्ड प्रदर्शन गरेका थिए ।
उनी अघिल्लो सिजन सबैभन्दा धेरै रन बनाउने तेस्रो खेलाडीको सूचीमा थिए । जिम्मीले ८ खेलबाट २ सय ४३ रन बनाएका थिए । उनको उच्च स्कोर ६५ रन थियो । प्रतियोगितामा उनी सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी पनि बने । १ अर्धशतक पूरा गरेका उनले १४ चौका र २३ छक्का प्रहार गरेका थिए ।


+ There are no comments
Add yours