आईफोन २० ले सबै परम्परागत बटनहरू त्याग्ने

१४ कार्तिक, काठमाडाैँ । सन् २०२७ मा आउने र पहिलो आईफोन लन्चको २० औं वार्षिकोत्सव मनाउने अपेक्षा गरिएको आईफोन २० परिवारको बारेमा विगत केही दिनदेखि धेरै हल्लाहरू चलिरहेका छन्।

यसै क्रममा अब एप्पलले सबै भौतिक बटनहरू हटाउँदै क्यापासिटिभ बटनहरूले प्रतिस्थापन गर्ने हल्ला चलेको छ। यस अघिका आईफोनहरूमा पनि भौतिक बटनहरू हटाइने हल्लाहरु धेरै पटक सुन्नमा आएका थिए। चीनबाट आएको एउटा नयाँ हल्लाले भने अब अन्ततः आईफोन २० ह्यान्डसेटहरूबाट भौतिक बटनहरू हटाइने खुलासा गरेको छ।

ह्यान्डसेटहरू कथित रूपमा कुनै पनि भौतिक बटनहरू रहित हुनेछन् भने तिनीहरूमा प्रयोग गरिने सोलिड–स्टेट बटनहरूको लागि अब स्थानीयकृत भाइब्रेसन फिडब्याकको साथ आउने बताइएको छ।

आईफोन २० पुस्ताले नयाँ प्रकारको क्यामरा सेन्सरमा स्विच गर्ने सुझाव पनि दिइएको छ र यो अवसर मनाउनको लागि डिभाइसले ठूलो रिडिजाइन समावेश गर्ने अनुमान गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours