२० असाेज, काठमाडौँ । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।
खेल ओमानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ। यसअघि शनिबार भएको खेलमा नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
नेपाली टोलीले भर्खरै संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको थियो । नेपाली टोली यूएईबाट विश्वकप छनोट खेल्न ओमान गएको हो ।


+ There are no comments
Add yours