आँचलसँग रोमान्टिक अनमोल, ‘जेरी अन टप’को ‘कस्तुरी’ सार्वजनिक

०७ असाेज, काठमाडौँ । चलचित्र ‘जेरी अन टप’को गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसरमा सोमबार ‘कस्तुरी’ बोलको गीत सार्वजनिक गरिएको हो । आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर, रहेको गीतमा जयन जे वाइबाको शब्द रचना र संगीत छ । गीतको भिडियोमा अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड हुनुहुन्छ जसमा मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्य छन् ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, केदार घिमिरे, भुवन केसी र उषा खड्गी प्रमुख भूमिकामा हुनुहुन्छ भने सुरक्षा पन्त विशेष भूमिकामा रहनुभएको छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो चलचित्रको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गर्नुभएको छ ।

अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का हुनुहुन्छ । हेमराज बिसीको कथा रहेको यस चलचित्रमा विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन, जयन जे वाइबा, कालिप्रसाद बाँस्कोटा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । ‘जेरी अन टप’को यसअघि टिजर रिलिज भइसकेको छ । यो चलचित्र यही असोज ३१ गतेदेखि सिनेमाघरमा आउँदैछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours