पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, खुलाउन ५–६ घण्टा लाग्ने

धादिङको वेनिघाट–रोराङ गाउँपालिका–१०, जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

गएरातिदेखि सुरु भएको पहिरोले सडकको करिब ८० प्रतिशत भाग ढाकिसकेको थियो। बिहान करिब ५ः३० बजे माथिबाट ठूलो चट्टानसहित पहाड खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो।

हाल तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। तर माथिल्लो भागमा अझै चिरा परेकाले थप पहिरो खस्ने जोखिम उच्च छ। कम्तीमा ५ घण्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएको धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले बताए ।

त्यस्तै, नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा पनि पहिरो खसेर सडक बन्द भएको छ। चितवन डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार, उक्त सडक खुलाउन करिब एक घण्टा लाग्नेछ।

सडक अवरुद्ध हुँदा यात्रुहरू लामो सवारी जाममा फसेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours