तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा पुल निर्माण

०३ भदाै, दमौली । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ फेदीखोलामा पुल निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा स्टिलट्रस पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका लागि आयोजनाले गत साउन ३० गते बोलपत्र आह्वान गरी बोलपत्र दर्ता गर्ने अन्तिम मिति आगामी असोज १२ गतेसम्म निर्धारण गरिएको छ । आयोजनाको डुबान क्षेत्रका सर्वसाधारणको सहजताका लागि ५५ मिटर लम्बाइको पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए। पुल नहुँदा खोला वारपार गर्न सर्वसाधारणलाई असहजता हुँदै आएकाले पहल थालिएको उनको भनाइ छ ।

भिमाद नगरपालिकाको वान्टाङ खोलामा पनि आयोजनाले पक्की पुल निर्माण गर्न लागेको छ । एसियाली विकास बैंकको सहयोगमा वान्टाङ खोलामा पुल निर्माण गर्न लागिएको भण्डारीले जानकारी दिए।

भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद–ऋषिङ खण्डअन्तर्गत वान्टाङ खोलामा पुल नहुँदा वर्षायाममा हजारौँ सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला वारपार गर्न समस्या हुने गरेको स्थानीय बताउँछन् ।

आयोजनाका कारण डुबानमा पर्ने सेती नदीमा रहेका ४ वटा झोलुङ्गे पुल पुनस्र्थापना गर्न लठ्ठा खरिदका लागि बोलपत्र आह्वान गरी सम्झौता हुन लागेको भण्डारीले बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours