निजगढ विमानस्थल निर्माणलाई यस वर्ष २४ करोड मात्रै बजेट, योजना के छन् ?

०८ साउन, काठमाडौं । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्ष २०८२÷८३ मा २३ अर्ब ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस आवमा नेपाल सरकारले दिएको बजेटबाट उक्त रकम छुट्याइएको हो । यसमध्ये विमानस्थल आसपास सडक निर्माणमा २ करोड ५२ लाख रुपैयाँ खर्च हुने भएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन र रिसेटलमेन्ट एक्सन प्लान निर्माणमा ५ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । टाँगिया बस्तीको रिसेटलमेन्टका लागि ३ करोड बजेट राखिएको छ ।

रुख कटान र साइट क्लियरेन्स गर्न ५ करोड बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । निर्माणका कामका लागि भने ८ करोड २८ लाख बजेट राखिएको छ ।

यो विमानस्थल निर्माणको मोडालिटी नटुंगिएका कारण अहिले प्राधिकरण र सरकारले राष्ट्रिय गौरवको आयोजना बचाउन मात्र बजेट राख्ने गरेका छन् । प्राधिकरणका अनुसार पछिल्ला वर्ष यस आयोजनामा राखिएको बजेट खर्च भएको छैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours