२५ असार, काठमाडौँ । युक्रेनमा चालु वर्षको पहिलो छ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको वृद्धि भएको छ।
युक्रेनी सवारीसाधन उत्पादक सङ्घ उक्राभटोप्रोम द्वारा प्रकाशित प्रतिवेदनअनुसार, उक्त अवधिमा देशभर ३१ हजार सात सय ५३ वटा विद्युतीय सवारीसाधन दर्ता भएका छन् । जम्मा ३० हजार सात सय ६३ वटा यात्रु सवारी, नौ सय ७८ वटा मालवाहक सवारी र तीन ओटा ठूलो बस दर्ता भएका छन् ।
उक्त अवधिमा सबैभन्दा बढी बिक्री भएको नयाँ विद्युतीय सवारी मोडेल बिवाईडी सोङ प्लस रह्यो। त्यसपछि क्रमशः फक्सवागन आइडी युनिक, होन्डा ईएनएस–१, जिकर–७ एक्स र जिकर–००१ लोकप्रिय सवारीरूपमा रहेका छन् ।
यसअघि सन् २०२४ मा युक्रेनमा विद्युतीय सवारीसाधनको कुल बिक्री ५१ हजार सात सय भन्दा बढी पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको हो । रासस/सिन्ह्वा


+ There are no comments
Add yours