१८ असार, काठमाडौँ । मेटाले एक्सबक्स सँगको साझेदारीमा सिर्जना गरिएको यसको आफ्नो पहिलो सीमित संस्करण हेडसेट, मेटा क्वेस्ट ३एस एक्सबक्स संस्करण जारी गरेको छ। यो बन्डल अब ३९९.९९ अमेरिकी डलरमा मेटा डट कम, बेस्ट बाइ (यूएसए), अर्गोस (यूके), र ईई (यूके) मा सीमित स्टकको साथ उपलब्ध भएको बताइएको छ।
यो संस्करण १२८जीबी मेटा क्वेस्ट ३एस एक्सबक्स कार्बन ब्ल्याकमा भेलोसिटी ग्रीन एक्सेन्टस्, म्याचिङ्ग (मिल्दो) टच प्लस कन्ट्रोलर्स (नियन्त्रकहरू) र सीमित–संस्करण एक्सबक्स वायरलेस कन्ट्रोलरको साथ आएको बताइएको छ। साथै यसमा मेटा क्वेस्ट एलिट स्ट्र्याप, तीन महिनाको मेटा होराइजन प्लस, र तीन महिनाको एक्सबक्स गेम पास अल्टिमेट पनि समावेश गरिएको उल्लेख छ।
बटन र स्टिकहरूमा भेलोसिटी ग्रीन हाइलाइटहरू सहित समावेश गरिएको एक्सबक्स वायरलेस कन्ट्रोलरलाई प्रि–पेयर्ड गरिएको र हेडसेट डिजाइनसँग मेल खाने उल्लेख गरिएको छ।
साथै यसलाई ब्लुटुथ प्रयोग गरेर एक्सबक्स एलिट वायरलेस कन्ट्रोलर सिरिज २ वा एक्सबक्स एडप्टिभ कन्ट्रोलर जस्ता अन्य कन्ट्रोलर्स (नियन्त्रकहरू)सँग पनि जडान गर्न सकिनेछ।
क्वेस्ट हेडसेटमा एक्सबक्स एप प्रयोग गरेर, प्रयोगकर्ताहरूले एक्सबक्स क्लाउड गेमिङ (बिटा) मार्फत सयौं खेलहरू स्ट्रिम गर्न र खेल्न सक्नेछन्। समर्थित शीर्षकहरू मध्ये केहीमा साउथ अफ मिडनाइट, अभावोड्, र द एल्डर स्क्रोल्स क्ष्ख्ः ओब्लिभियन रिमास्टर्ड समावेश रहेका छन्। गेम पास अल्टिमेटका सदस्यहरूले यदि ती शीर्षकहरू मुख्य गेम पास क्याटलगको भाग नभए पनि पहिले नै स्वामित्वमा रहेका समर्थित खेलहरू पनि स्ट्रिम गर्न सक्नेछन्।
प्रणालीले क्रस–प्ले र क्रस–प्रोग्रेसनलाई समर्थन पनि गर्ने बताइएको छ। खेलाडीहरूले मेटा क्वेस्ट ३एस एक्सबक्स एडिसनमा खेल सुरु गर्न र एक्सबक्स कन्सोलमा जारी राख्न सक्नेछन् भने पीसीमा फेरि उठाउन सक्नेछन्। साथै उक्त समयमा खेलको प्रगति वा उपलब्धिहरू गुमाउनु पर्ने छैन।
यो हेडसेटले एक्सबक्स क्लाउड गेमिङलाई पोर्टेबल, अल–इन–वन डिभाइसमा ल्याउँदै पूर्ण भीआर र मिक्स्ड रियालिटी एक्सपिरियन्स प्रदान गर्नेछ। यसले गेम पास मार्फत शीर्षकहरूको विस्तृत लाइब्रेरी (पुस्तकालय) लाई समर्थन गर्नुका साथे धेरै स्क्रिनहरू र प्लेटफर्महरूमा खेल्न सकिन्छ।
त्यसैगरी एक पटक सोल्ड आउट (बिक्री) भएपछि, मेटा क्वेस्ट ३एस एक्सबक्स एडिसन पुनः स्टक नगरिने गीज्मोचाइनाले उल्लेख गरेको छ।
+ There are no comments
Add yours