स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णयः निजी संस्था हट्दै, सरकारी मात्र मान्य

१६ असार, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै रहने व्यवस्था गर्न लागेको छ । बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थाका नाममा एक सार्वजनिक सूचना जारी गर्दै अब प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्रै रहने जानकारी गराएको हो ।

स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन)को नियम २ को खण्ड (छ) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई बीमा बोर्डले आउँदो साउन १ गतेबाट कार्यान्वयन गर्न लागेको सूचनामा भनिएको छ ।

साउन १ गते प्रथम सेवा विन्दु सामुदायिक र निजी स्वास्थ्य संस्था नरहने बोर्डले जनाएको छ । हाल केही सामुदायिक र निजी स्वास्थ्य संस्था पनि प्रथम सेवा विन्दुका रुपमा रहेका छन् ।

यो व्यवस्था साउनबाट लागू हुने देखिन्छ। यसले स्वास्थ्य बीमाको दायरा र पहुँच विस्तार हुने मन्त्रालयको विश्वास छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours