तेह्रथुम पावरको हकप्रद सेयर खुल्यो

१६ असार, काठमाडौं । तेह्रथुम पावर कम्पनीको शत प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । जेठ ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ ।

हकप्रद सेयर निष्कासन गरेको यो कम्पनीले गत चैत मसान्तसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा छ । बजार मूल्य प्रतिकित्ता ४१० रुपैयाँ हाराहारीमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours