इजरेल र इरान ‘पूर्ण युद्धविरामको निम्ति सहमत भएको’ डोनल्ड ट्रम्पको दाबीः इरान र इजरेलबाट पुष्टि हुन बाँकी

१० असार, काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरानले “सिङ्गो र पूर्ण युद्धविरामको निम्ति सहमति जनाएको” दाबी गरेका छन्।

उनले अबको केही घन्टामा त्यस्तो युद्धविराम कार्यान्वयनमा जाने पनि बताएका छन्।

इरान र इजरेलको तर्फबाट उनको त्यस्तो घोषणाको पुष्टि हुन बाँकी नै छ।

अमेरिकी संचारमाध्यमहरूले नाम उल्लेख नगरिएका सरकारी अधिकारीहरूलाई उल्लेख गर्दै कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले युद्धविरामका निम्ति भूमिका खेलेको जनाएका छन्।

तर ट्रम्पले गरेका युद्धविराम सम्बन्धी घोषणाप्रति इरानबाट औपचारिक प्रतिक्रिया आइनसकेको बीबीसी पर्सियन सेवाकी पत्रकार घोनशेह हबिबिआजादले बताएकी छन्।

इरानको सरकारी लगायतका संचारमाध्यमहरूले त्यसलाई “ट्रम्पको दाबी” मात्रै भनेर जनाएका छन् जुन हालका निम्ति घटनालाई सावधानीपूर्वक लिइएको सङ्केत हो।

त्यसैबिच इजरेली सेना आइडीएफले तेहरानका विभिन्न जिल्लालाई लक्ष्यित गर्दै त्यहाँ हमला हुनसक्ने भनी मानिसहरूलाई अन्यत्र जान तीनवटा सूचनाहरू जारी गरेको छ।

देशका विभिन्न भागमा विस्फोटका आवाजहरू सुनिएका विवरणहरू प्राप्त भएका छन्।

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अखडामा हमला

त्यसअघि इरानले कतारस्थित संयुक्त राज्य अमेरकाको हवाई सैन्य अखाडामा क्षेप्यास्त्र हमला गरेको थियो जस्लाई इरानले शनिवार आफ्नो परमाणु केन्द्रहरूमा भएका हमलाको जवाफ भनेको छ।

ट्रम्पले त्यस्तो हमलामा कुनै पनि अमेरिकी वा कतारी हताहति नभएको भन्दै इरानको हमला “एकदमै कमजोर” रहेको बताएका थिए र उनले “हमलाबारे पहिले नै जानकारी दिएकामा” इरानलाई धन्यवाद पनि दिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours