कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

०८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित मदनभण्डारी पेप्सीडिपोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा. प्र ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल शनिबार राति आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक पवन पराजुलीको मृत्यु भएको हो । २५ वर्षीय पराजुलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएको थियो ।

उपचारकै क्रमा आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार अर्का एक घाइतेको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours