०७ असार, काठमाडौं । मिति २०८२ साल आषाढ ७ गते शनिबार जुन २१ तारीखका दिन विश्व योगदिवस भएकोले सम्पूर्ण मानवहरुले योगलाई जीवनमा अपरिहार्य लागु गर्नुपर्दछ भन्ने जानेर यो दिनलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरेको हो। जुन लागुगर्नाले हाम्रो शरीरमा कुनै पनि रोगले चाँडो आक्रमण गर्दैन र यो लागुगर्ने व्यक्तिको चरित्र निर्माण हुनुको साथै सात्विक भोजन ग्रहण गरेर समाजप्रति उसले सात्विक व्यवहार , दान – धर्म ,माया – प्रेम ,सद्भाव ,अनुशासन प्रकट गर्दै आफ्नु व्यक्तित्व विकासको रुपान्तरणले समाजमा अमर छाप छोड्नुको साथै आफ्नु आत्मालाई परमात्मा समक्ष पुर्याएर भगवानसँग आत्मा -साक्षात्कर गर्दछ।

आज यो संसारमा योगको बारेमा निकै चर्चा चलिरहेको छ,किनकि योग शरीर ,मन स्वस्थ राख्ने संजीवनी बुटी हो। हाम्रो पूर्वीय दर्शनमा षड्दर्शन भित्र पर्ने योगदर्शन पनि एक हो।योग दर्शन धेरै प्राचीन मानिन्छ।ऋग्वेददेखि लिएर उपनिषद् ,पुराणहरुमा पनि योगको विवेचना गरेको पाइन्छ। त्यस्तै बुद्ध धर्मको पालित्रिपिटक,जैन धर्मका प्रणेता महावीरमा पनि योग बिद्दाको गहन अनुभव भएको पाइन्छ।त्यसैगरी महायोगी गोरखनाथ पनि हठ योगका परमाचार्य मानिनुहुन्छ भने योगका अर्का प्रणेता महर्षि पतञ्जलि मानिनुहुन्छ र लुप्त भै सकेको योगलाई अहिले आएर यो विश्व समक्ष योग स्थापित भएर बिश्व मानसपटलमा चर्चाको बिषय बनेको छ।योगको व्युत्पति व्याकरणको युज धातुबाट सिद्ध हुन्छ।योग विशेष गरेर आठ प्रकारका छन र कतिपय योगाचार्यहरुले चार प्रकारका पनि बताएको पाइन्छ।जस्तो – मन्त्रयोग ,लययोग,हठयोग र राजयोग हो र योग सुत्रमा चार पाद, सुत्र संख्या १९६ छन्।
पतञ्जलि योग दर्शनमा पुरुषलाई नै ईश्वर मानिएको छ।
“क्लेशकर्म विपाकार्शै परामृष्ट पुरुष विशेषईश्वर :”
अर्थात् जस्को जीवनमा क्लेश हटिसकेको छ।कर्म विपाक अशक्तिले छोएको छैनभने त्यहि नै पुरुष विशेष ईश्वर हो।अझ गहिरिएर विचार गर्दा योगको परिभाषा यस प्रकारगर्न सकिन्छ। योगको शाव्दिक अर्थ जोड हो।आत्मालाई परमात्मासँग एकाकारगर्नु हो।फुटाउनु होइन जुटाउनु हो।भौतिकताबाट अध्यात्मतर्फ ,कोsहंबाट सोsहं तर्फ ,दृश्यबाट द्रष्टा तर्फ,नरबाट नारायण तर्फ उन्मुख गराएर आफूभित्र भएको मोति निकाल्ने सक्षम दिव्य ज्योतिको नाम योग हो।जहाँ योग हुन्छ ,गरिन्छ त्यहाँ वियोग हुँदैन।योगकै विषयमा भगवान शिव पार्वतीलाई भन्नुहुन्छ “अहं विन्दु :रज :शक्ति “यी दुवैको मिलन विन्दु नै योग हो। योगको विषयमा महाभारतमा यस्तो लेखेको पाइन्छ।
“नास्ति योग समं बलम्
“अर्थात् योग समान कुनै अर्को उर्जा {बल }छैन। गितामा यस्तो लेखेको पाइन्छ। “योग कर्मसु कौशलम् “अर्थात् कर्मको क्रियाशीलता ,कुशलता नै योग हो। “दु:ख संयोग वियोगं योग “अर्थात् दु :ख सुखमा समता {बराबर }रहनु योग हो।
“समत्वं योगमुच्यते “
अर्थात् सम्यक् अवस्थाको नाम नै योग हो। “भावतापेन तप्तानां योगोहि परमौषधम्”अर्थात् संसारी तापले तड्पिएका मानिसहरुकालागि योग नै उत्तम औषधी हो। त्यसैले आउनुहोस विश्व योग दिवसलाई संसारभरीका मानिसहरुले आफ्नु पाएक पर्ने कुनै स्थान कायम गरी भेला भएर हाम्रो शरीरमा योगको महत्व अपरिहार्य छ भनि केहि समय प्राणायाम गर्नुहुन हार्दिक अनुरोध गर्दछु।
पण्डित बालमुकुन्द देवकोटा
+ There are no comments
Add yours