०६ असार, काठमाडौँ । मिति २०८२ साल असार ७ गते शनिबार आषाढकृष्ण योगिनी एकादशी तिथी राती १ / ३८ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथि भएकोले यो दिन स्मार्तहरूको व्रत र ८ गते आइतबार वैष्णवहरूको एकादशी व्रत हो।यो दिन के गर्ने ,कसको पुजागर्ने ,नियम के हो ,कसले गरेको थियो ,के फाइदा हुन्छ मानवले बुझ्नुपर्दछ ?
“आषाढस्या sसिते पक्षे योगिनी नाम नामत:
सर्वपापक्षयकरं महापातकनाशिनिम।
आषाढकोकृष्णपक्षमा योगिनी नामको एकादशी पर्दछ।जसको व्रत बस्नाले सारा पापलाई नाशगरि महापतकलाई पनि नाश गर्दछ।यो दिन काँसको भाडामा खानु हुदैन ,रजस्वलालाई छुनु हुँदैन ,बहुबिज -सडे -गलेको ,बासी अन्न खानु हुँदैन। मैथुन गर्नु हुँदैन ,झुटो कुरा बोल्नु हुँदैन ,यो दिन बिहान स्नान गर्नु पर्दछ ,प्राणायाम,सन्ध्या वादन गरि लक्ष्मीनारायण भगवानको पूजा गर्नुपर्दछ। हरिको दिन भएकोले खानु हुँदैन ,नखाँदा शरीर स्वस्थ हुन्छ।कुवेरको सेवक हेममाली थियो।त्यसले कुवेरलाई शिवपुजागर्न दैनिक फुल लाने गर्दथ्यो एकदिन पत्नीको प्रेममा टाँसिएर बिर्सी फुल पुर्याउन दरवारमा गएनन् अनि कुवेर रिसाएर “रे पाप दुष्ट दुर्वृत्त कृतवान् देवहेलनम्।अतो भव श्वित्रयुक्तो वियुक्त:कान्तया सदा। अस्मात स्थानादपध्वस्तो गच्छ स्थानमथा sधमम्।।” तैंले देवताको अपमान गरिस्।त्यसकारण तँ स्वित्र,कोढ नामको दुबिको रोगले युक्त तथा स्त्रीले बियुक्त भएर यस स्थानदेखि गिरेर अब अर्कै ठाउमा जा श्राप दिए।त्यसपछि त्यो हेममालि कैलाशबाट गिरेर जंगलमा भोक ,प्यास ,निन्द्रा केहि नपाएर हिमालय पर्वतमा मार्कण्डेय ऋषिबाट योगिनि एकादशीको व्रत गर ?त्यसको प्रभावले सबै रोग निको भएर गुमेको पद र स्त्रीप्राप्त हुन्छ भनेको हुनाले शास्त्रबमोजिम स्वच्छ कपडा लगाएर भगवान विष्णुको प्रतिमाका सामुन्ने बसेर संकल्प गर्दा निम्न मन्त्र उच्चारण गरेर :- मम सकल पापक्षयपूर्वककुष्ठादिरोगनिवृत्तिकामनया योगिन्येकादशीव्रतमहं करिष्ये।यसपछि भगवान पुण्डरीकाक्ष अर्थात विष्णुको यथोपचार पूजा,अर्चना भगवान विष्णुलाई पञ्चामृत स्नान गराएर स्नानपछि भगवानको चरणामृतलाई तिनले आफ्नो र परिवारका सबै सदस्यका अंगमा छर्केर र त्यस चरणामृत पिएका थिए।मानिन्छ कि यस कर्मद्वारा विशेष रूपले कुष्ठ र चर्म रोगीको पीडा समाप्त हुन्छ र ऊ रोगमुक्त हुन्छ।त्यस पछि गंध, पुष्प, धूप, दीप, नैवेद्य आदि पूजन सामग्रीद्वारा पूजा गरेर प्रत्येक एकादशीका दिन विष्णु सहस्त्रनामको जप एवं भगवान विष्णुको कथा सुने र पर हिंसाको त्याग गरे कुनै किसिमको कुभलो चिताएनन् त्यसपछि यथासंभव रातको समयमा जागरण गरे, भजन, कीर्तन एवं श्री हरिको स्मरण गरे ।अन्त्यमा योगिनी एकादशी व्रतको यसरी विधिविधानपूर्वक पालना गरेको हुनाले सबै रोग र व्याधिको अन्त्य भयो ।साथै मनमा आफन्तसित भिन्न भई बस्ने भावना हरायो र विछोड भएका वा छुट्टिएका परिजन वा सम्बन्धिसित मिलन भयो ।त्यो हेममालीले सवै कर्म गरेर आषाढकृष्ण एकादशी योगिनीको व्रत अनुष्ठान गरेको हुनाले उसको रोग निको भै गुमेको मान र स्त्री प्राप्त भयो।त्यसैले सत्कर्ममा मन लगाई आँखाले प्रभुको दर्शन ,कानले हरिकथा श्रवण ,जिव्रोले प्रभुको किर्तन गाउनु ,नाकले प्रशाद शुँघेर लगाउनु ,शिर प्रभुको चरणमा निहुराउनु , हातले मन्दिर सफा गरि प्रभुको पूजा र नमस्कार गर्नु , गोडाले तीर्थाटन र प्रभुको कथा भएको ठाउँमा जानु तव मनुश्य जीवन सफल हुनेछ।यस कथालाई पढ्ना वा सुन्नाले मात्र अथवा विधिपूर्वक व्रतको पालना गर्नाले मनुष्य सबै पापबाट मुक्त हुनेछ।
पं-बालमुकुन्द देबकोटा
+ There are no comments
Add yours