२४२ जना बोकेको भारतीय विमान दुर्घटना

२९ जेठ, काठमाडौँ । इन्डियन एअरलाइन्स ७८७-८ ड्रिमलाइनर विमान दुर्घटना भएको छ ।

भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’ का अनुसार २४२ जना यात्रु बोकेकाे विमान अहमाबादबाट लन्डन उडान भर्ने क्रममा दुर्घटनामा परेको हो ।

यस्तै, दमकल घटनास्थलमा पुगेको छ भने आपतकालीन प्रतिक्रिया टोलीहरू खटाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ । दुर्घटनाको कारण भने अझै पुष्टि भएको छैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours