“देशको अवस्था”

२४ जेठ, काठमाडौँ । “देशको अवस्था”

बोकेर झण्डा गर भागवण्डा
सर्वत्र उर्ले सुरसा वितण्डा।
यो राष्ट्रसेवा अव त कता गो
मेरो र मेरा यति सत्यता भो।।

लोभी र पापी अझ बढ्न थाले
पोल्यो सबैलाई यही व्यथाले।
स्वार्थान्धताले सब देश ढाक्यो
मार्ने र लुट्ने धनवीर हाँक्यो।।

वाचा र बोली अब मुल्य छैन
गोली भए शक्ति र राज्य चैन।
अगाडि राख्ने जनता भरेर
सम्पत्ति भोग्ने रूपियाँ गनेर।।

संस्कार वा मानवता हराए
नारा भुके स्यालहरू कराए।
खोजी गरौं मूल्य र मान्यताको
आदर्श हिन्दुराज्य सत्यताको।।

संसार हो यो कल्पित सार छैन
मानिस मार्न पल्केकालाई डर नै हुँदैन।
गरौं खोज आजै यही जान्नु पर्छ
नजाने किरा झैं कतै झर्छ मर्छ।।

गरीब धर्म वेचेर धनीका धर्ममा मिले
किनबेच भयो धर्म शक्तिले धर्म नै निले।
पैसा,जागिर वा देश ,लोभले धर्म बेचिए
गरीबी र अशिक्षाले धर्म बेचेर हेपिए।।

नेता त जेता जनता चुसेर
सोझा हरे यी जनता सुकेर।
जाने कता हो अनभिज्ञ नै छन्
देशी बिदेशीहरूले सुबुद्धि दिन्छन।।

संस्कृति भाषा -धर्म सबैको
संरक्षण होस्,जन-जातिको।
शान्ति,प्रगति,ज्योति लिएर
युग-युग बाचौं हामि एक भएर।।

You May Also Like

More From Author

+ There are no comments

Add yours