‘डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन प्रक्रिया सुरु’

२३ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले डिप्लोमा इन्जिनियरिङ काउन्सिल छिट्टै गठन हुने बताएका छन् ।

डिप्लोमा इन्जिनियर्स एसोसिएसनको ४५औं वार्षिकोत्सव एवं विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यशालामा उनले काउन्सिल गठन प्रक्रिया सुरु भइसकेको बताए ।

मन्त्री दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबै पक्ष लाग्नुपर्ने बताए । प्लास्टिक प्रयोग मानव स्वास्थ्य, प्राणी र पर्यावरणका लागि हानिकारक रहेको उल्लेख गर्दै उनले विकल्प विकास गरी यसको प्रयोग निरुत्साहित गर्नुपर्ने बताए ।

सबै स्थानीय तह, प्रदेश एवं संघीय सरकारले नागरिकको सहभागितामा वातावरण संरक्षणका कार्यक्रम अघि सार्नुपर्नेमा उनको जोड छ । जलवायु परिवर्तन, प्लास्टिक तथा विश्व वातावरण विषयमा कार्यशाला आयोजना गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours