बजेट २०८१/८२: शिक्षा, स्वास्थ्य, पूर्वाधारदेखि सामाजिक सुरक्षासम्मका प्रमुख घोषणाहरू

१६ जेठ, काठमाडौँ । संघीय संसदमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले विभिन्न क्षेत्रमा सुधार र विकासका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा, युवा र लैंगिक समावेशीताजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ। प्रस्तुत बजेट अनुसार घोषणा गरिएका केही मुख्य बुँदाहरू निम्नानुसार छन्:

स्वास्थ्य क्षेत्र:

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने।

स्वास्थ्य बिमाको बाँकी भुक्तानी एक वर्षभित्र सम्पन्न गरिने।

सबै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार सेवा विस्तार गरिने।

सबै प्रदेशका कम्तीमा एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग स्थापना गरिने।

शिक्षा र खेलकुद:

हरेक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालन गरिने।

युवा तथा सामाजिक सुरक्षा:

१६ वर्षभन्दा माथिका युवाहरूलाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिने।

सार्वजनिक क्षेत्रका कार्यकारी पदहरूमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिने।

हिंसापीडित महिलाका लागि मधेस, सुदूरपश्चिम र काठमाडौंमा पुनःस्थापना केन्द्र स्थापना गरिने।

सामाजिक न्याय:

हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ का रूपमा मनाइने।

सशस्त्र द्वन्द्वका घटनाको छानबिन, राहत र परिपूरणका लागि एक अर्ब रुपैयाँको कोष स्थापना गरिने।

पूर्वाधार तथा ऊर्जा:

दुई वर्षभित्र ग्रामीण विद्युतीकरणका सम्पूर्ण काम सम्पन्न गरिने।

ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिने।

नागढुंगा र सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने।

काठमाडौं–हेटौँडा रोपवेको सट्टा पोडवेको सम्भाव्यता अध्ययन गरिने।

पूर्व–पश्चिम रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने।

एक वर्षभित्र काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने।

वित्तीय तथा प्रशासनिक क्षेत्र:

आर्थिक वर्ष २०८२/८३ भित्र ‘नियो बैंक’ स्थापना गरिने।

करार सेवाका कर्मचारी तथा अस्थायी/राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा समावेश गरिने।

सरकारको बजेटले समावेशी विकास, सामाजिक न्याय, युवाको सशक्तीकरण तथा आधारभूत सेवा विस्तारमा केन्द्रित रहेको देखिन्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours