होटल संघ नेपाल श्रम मन्त्रालयबाट सम्मानित

१२ जेठ, काठमाडौँ । काठमाडौँमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह–आयोजकलाई सम्मान गर्ने क्रममा होटल संघ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कदर पत्र सहित सो राष्ट्रिय सम्मेलनको प्रतिक चिन्हबाट सम्मानित गरे ।

होटल संघ नेपालले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका निर्वाह गरी स्वदेशमै रोजगारीका लागि अभिप्रेरित गर्ने खालका विभिन्न क्षमता अभिवृद्धि तालिम तथा सिक्दै कमाउँदै २४ महिने तालिम सञ्चालन गरी उक्त रोजगार मेलालाई टेवा पुर्याए वापत उक्त कदर पत्रले सम्मान गरेको संघका अध्यक्ष विनायक शाहले बताए ।

अध्यक्ष शाहले हालै नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा होटल उद्योगमा प्राविधिक क्षेत्रमा के कस्ता तालिम आवश्यक छ, सोको निश्चित गरी पाठ्यक्रम तयार गर्दै तालिम आयोजना गरिने पनि उक्त अवसरमा बताए ।

साथै उनले आन्तरिक रोजगारी अभिवृद्धिमा होटल संघ नेपालले आफ्ना देशैभरि छरिएर रहेका होटल प्रतिष्ठानमार्फत उल्लेखनीय रुपमा रोजगारी सृजना गर्न सक्ने पनि बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours