विशाल सौर्य आँधीको बारेमा नासाले दियो चेतावनी, ब्ल्याकआउट निम्त्याउन सक्ने

१० जेठ, काठमाडौँ । नासाले आगामी दिनहरूमा बढ्दो सौर्य गतिविधिको बारेमा चेतावनी जारी गरेको छ। तीव्र सौर्य आँधीले पृथ्वीमा सञ्चार, नेभिगेसन प्रणाली र पावर ग्रिडहरूमा पनि बाधा पुर्याउन सक्ने नासाले चेतावनी दिएको छ।

नासाको सोलार डायनामिक्स अब्जर्भेटरीले खिचेको वर्षको सबैभन्दा बलियो सौर्य ज्वाला पछि यो चेतावनी आएको हो।

नयाँ सक्रिय सनस्पट, एआर४०८७ बाट शक्तिशाली एक्स२.७–क्लास सोलार फ्लेयर (वर्ग सौर्य ज्वाला) निस्किएको र मे १४ मा उत्कर्षमा पुगेको थियो भने यसले युरोप, एशिया र मध्य पूर्वका केही भागहरूमा अस्थायी रेडियो ब्ल्याकआउट निम्त्याएको थियो। अमेरिकामा आधारित नेशनल ओशिनिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार, केही क्षेत्रहरूमा लगभग दस मिनेटसम्म उच्च–फ्रिक्वेन्सी सञ्चार अवरोधहरू कायम रहेको उल्लेख गरिएको छ।

नासा र एनओएए स्पेस वेदर प्रेडिक्सन सेण्टरले यो सक्रिय सोलार जोन (सौर्य क्षेत्र)लाई नजिकबाट ट्र्याक गरिरहेका छन् भने उक्त सौर्य क्षेत्रले शक्तिशाली रेडियसन ब्रस्ट (विकिरण विस्फोट) हरू रिलिज गर्न जारी राखेको बताइएको छ।

एजेन्सीले थप ज्वालाहरूले अन्तरिक्ष यात्रीहरू, स्याटेलाइट्स (उपग्रहहरू) का साथै जीपीएस प्रणाली, उड्डयन सञ्चार, र विद्युतीय पूर्वाधार समावेश रहेको पृथ्वीमा आधारित प्रविधिहरूलाई असर गर्न सक्ने चेतावनी दिएको छ।

एक प्रमुख अरोराका एक प्रसिद्ध विज्ञ भिन्सेन्ट लेडभिनाले सक्रिय क्षेत्र पृथ्वीको फूल भ्यूमा (पूर्ण रूपमा) घुम्दै गइरहेको हुनाले स्थिति “तीव्र” हुँदै गइरहेको बताएका छन्। “यही सनस्पटले केही घण्टा अघि मात्र एम५.३ ज्वाला उत्पन्न गरेको थियो। यसले अब के योजना बनाएको छ… हामीले पर्खनु पर्छ र हेर्नु पर्छ” भन्दै उनले एक्स (पहिले ट्विटर) मा लेखेका छन।

सूर्य हाल आफ्नो ११ वर्षे सौर्य चक्रको शिखरमा वा उच्चतम बिन्दुको नजिक पुग्दैछ जसलाई ‘सोलार म्याक्सिमम्’ भनिन्छ। साथै यस्ता शक्तिशाली विस्फोटहरू बारम्बार हुँदा यस्तो हुने गर्दछ।

बेलायतको मौसम कार्यालयले यी ज्वालाहरूले मे २२ तारिखको वरिपरि बेलायत र आयरल्याण्डका केही भागहरूमा भिजिबल अरोरा उत्पादन गर्न सक्ने बताएको छ भने यस्ता आश्चर्यजनक प्रदर्शनहरू अन्तर्निहित भू–चुम्बकीय गडबडीका सूचकहरू पनि हुने उल्लेख गरिएको छ।

सौर्य ज्वालाहरू सूर्यको वायुमण्डलमा चुम्बकीय ऊर्जा निर्माणबाट उत्पन्न हुने विकिरणको अचानक विस्फोट हुन्। एक्स–क्लास फ्लेयर (वर्ग ज्वाला) सबैभन्दा तीव्र प्रकारको हुने र पृथ्वीको आयनोस्फियरलाई उल्लेखनीय रूपमा असर गर्न सक्ने बताइएको छ भने यसले थप रुपमा उपग्रह संकेतहरू अवरोध गर्न र अन्तरिक्ष अभियानहरूमा जोखिम निम्त्याउन सक्ने उल्लेख गरिएको छ।

के जनता चिन्तित हुनुपर्छ?

विज्ञहरूले आम जनताका लागि चिन्ता गर्नुपर्ने कारण कम भएको बताए पनि स्याटेलाइट नेभिगेसन, उड्डयन र समुद्री सञ्चालनमा निर्भर क्षेत्रहरूलाई सम्भावित अवरोधहरूप्रति सतर्क रहन सल्लाह दिएको एनडीटिभीको रिपोर्टमा भनिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours