रविलाई थुनामुक्त गर्न अस्वीकार गरिएको सर्वोच्चको आदेशमा के छ ? (पूर्णपाठसहित)

१० जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

सर्वोच्च अदालतले सुप्रिम सहकारीको रकम ठगी र सङ्गठित अपराध मुद्दामा उच्च अदालत बुटवलको थुनामा पठाउने आदेश सदर गर्‍यो।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण निवेदन खारेज गर्‍यो। सर्वोच्चले न्यायाधीशमाथि सामाजिक सञ्जालमा भएको लाञ्छनापूर्ण टिप्पणीप्रति ध्यानाकर्षण जनाउँदै यस्ता कार्यले न्याय सम्पादनमा अवरोध पुग्ने बताएको छ।

जिल्ला अदालत रुपन्देहीबाट सफाइ नपाएसम्म लामिछाने थुनामै रहनेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours