बढ्यो गोलभेँडाको भाउ

२५ वैशाख, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा बुधबार प्रतिकिलो ४६ रुपैयाँ थोक मूल्य रहेको लोकल गोलभेँडा आज प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तराई गोलभेँडा (सानो) को भाउ पनि आज बढेको छ । आज तराई गोलभेँडा (सानो) प्रतिकिलो थोक मूल्य ४२ रुपैयाँ कायम छ । हिजो भने उक्त गोलभेँडा प्रतिकिलो ३९ रुपैयाँमा किनबेच भएको थियो ।

भारतीय गोलभेँडाको मूल्य भने स्थिर छ । भारतीय गोलभेँडा आज प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours