कार्तिक महिना श्रवण !

०१ कात्तिक, काठमाडौँ। मिति २०८३ साल कार्तिक १ गते आइतबार तुला(कार्तिक )संक्रान्ति रौद्रनाम संवत्सर आश्विनशुक्लपक्ष अष्टमी २ गते प्रात: ७ /५३ बजेसम्म त्यस उप्रान्त नवमी तिथि आरम्भ पूर्वाषाढा नक्षत्र विहान ११ / ३६ बजेसम्म त्यस उप्रान्त उत्तराषाढा नक्षत्र आरम्भ,सुकर्म योग ,गर भद्रा करण,दक्षिणायनमा ,शरदऋतु यो दिन प्रात: १० / ३२ बजे पछि श्रीसूर्य : कन्याराशीबाट तुलाराशीमा प्रवेश गर्नुहुनेछ।यो महिनाको देवताको नाम दामोदर ,देवीको नाम राधा ,सूर्यको नाम दिवाकर हो।यो महिना तुला राशिमा सूर्य ,धनु राशिमा चन्द्रमा र कर्कट राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ।

आइतबार संक्रान्ति परेको हुनाले युद्ध,झगडा साथै चोरी डकैति,लुटपाट बढ्ने छ।गर्मि बढेर रोगहरूको उत्पत्ति हुनुको साथै वेमौसमी वर्षाले बालिनालिमा हानि हुने देखिन्छ भने यसले सर्दिजन्य रोगले जनजिवन कष्ट देखिन्छ।कतै साम्प्रदायिक घटना बढ्ने ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours