गङ्गासप्तमीको धार्मिक एवं पौराणिक महत्व कस्तो छ त?

२० वैशाख, काठमाडाैँ । मिती २०८२ साल बैशाख २१ गते आइतबार बैशाखशुक्ल सप्तमी तिथी अपरान्ह: १२ / ४२ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी आरम्भ भएको हुनाले गंगा सप्तमीको दिनलाई गङ्गोत्पत्ति भएको दिन भनेर शास्त्रमा वर्णन पाईन्छ।यो दिन गंगा स्नान गर्नाले सवै पाप हटेर मोक्ष मिल्ने गर्दछ।यदि गंगामा स्नान गर्न सकिएन भने घरमा राखेको गंगाजलले सेचन गर्दा सो फल प्राप्त गर्दछ।त्यसैले मनुष्यहरूले गंगा जलले पितृहरूको तर्पण गर्नाले पनि सवै दिवंगत पितृहरूको मोक्ष मिल्नेछ।

गंगालाई सम्झनु अवश्य हामी मनुष्यहरूको परम धर्म हो।अनेक धार्मिक अवधारणाहरूमा गङ्गा नदीलाई देवीको रूपमा निरूपित गरिएको छ।धेरै पवित्र तीर्थस्थल गङ्गा नदीको किनारामा रहेको छ जसमा वाराणसी र हरिद्वार सबैभन्दा प्रमुख छन्।गङ्गा नदीलाई भारतको पवित्र नदीहरूमा सबैभन्दा पवित्र मानिन्छ तथा यो मान्यता छ कि गङ्गामा स्नान गर्दा मनुष्यको सारा पापहरू नष्ट हुन्छ।मरण पछि मान्छे गङ्गामा आफ्नो अस्तु विसर्जित गर्न मोक्ष प्राप्तिको लागि आवश्यक सम्झनछन्, यहाँ सम्म कि केही मान्छे गङ्गाको किनारा नै प्राण विसर्जन वा अन्तिम संस्कारको इच्छा पनि राखछन्।यसको घाटहरूमा मान्छे पूजा अर्चना गर्छन र ध्यान गर्दछन् |

गंगा स्नान

गङ्गाजललाई पवित्र सम्झिन्छन् तथा समस्त संस्कारहरूमा त्यसको हुनु आवश्यक हुन्छ।पञ्चामृतमा पनि गङ्गाजललाई एक अमृत मानिएको छ। अनेक पर्व र उत्सवहरूको गङ्गासँग सोझो सम्बन्ध छ।उदाहरणको लागि माघे सङ्क्रान्ति, कुम्भ र गङ्गा दसहराको समय गङ्गामा नुहाउनु वा केवल दर्शननै गर्नु धेरै महत्त्वपूर्ण सम्झिन्छन्।यसको किनारामा अनेक प्रसिद्ध मेलाहरूकाे आयोजन गरिन्छ र अनेक प्रसिद्ध मन्दिर गङ्गाको तटमा नै बनेका छन्।महाभारतको अनुसार मात्र प्रयागमा माघ महिनामा गङ्गा-यमुनाको सङ्गममा तीन करोड दस हजार तीर्थहरूको सङ्गम हुन्छ।यो तीर्थ स्थल सम्पूर्ण भारतमा सांस्कृतिक एकता स्थापित गर्न सफल छन्।गङ्गालाई आधार मानेर अनेक भक्ति ग्रन्थ लेखिएका छन्।जसमा श्रीगङ्गासहस्रनामस्तोत्रम् र आरती सबैभन्दा लोकप्रिय छन्।धेरै मानिसहरू आफ्नो दैनिक जीवनमा श्रद्धासँग यिनीहरूका प्रयोग गर्छन।गङ्गोत्री तथा अन्य स्थानहरूमा गङ्गाको मन्दिर र मूर्तिहरू पनि स्थापित छ जसको दर्शन गरेर श्रद्धालु स्वयंलाई कृतार्थ सम्झन्छन्।उत्तराखण्डको पञ्च प्रयाग तथा प्रयागराज जुन इलाहाबादमा अवस्थित छ ।यो सबै सङ्गम धार्मिक दृष्टिले पूज्य मानिएका छन्।

नदीसँग धेरै पौराणिक कथाहरू जोडीएका छन्।ब्रह्माले विष्णुको खुट्टाको पसीनाको बूँदबाट गङ्गाको निर्माण गरे।त्रिमूर्तिको दुई सदस्यहरूको स्पर्शको कारण यो पवित्र सम्झि्यो।एक अन्य कथा अनुसार राजा सगरले जादुको रूपबाट साठी हजार पुत्रहरू प्राप्त गरे|एक दिन राजा सगरले देवलोकमा विजय प्राप्त गर्नको लागि एक यज्ञ गरे। यज्ञको लागि घोडा आवश्यक थियो जुन ईर्ष्यालु इंद्रले चोरेका थिए।सगरले आफ्नो सबै पुत्रहरूलाई घोडाको खोजीमा पठाए अन्तमा उनले घोडा पाताल लोकमा पाए जुन एक ऋषि कपिलदेव नजिकबाधिएको थियो। सगरको पुत्रहरूले यो सोच गरे कि ऋषि नै घोडालाई गाईब भएको कारण हो र उनीहरूले ऋषिलाई अपमान गरे।तपस्यामा लीन ऋषिले हजारौं वर्ष पछि आफ्नो आँखा खोले र उनको क्रोधबाट सगरको सबै साठी हजार पुत्र जलेर त्यही भस्म भयो।सगरको पुत्रहरूको आत्माहरू भूत बनेर घुम्न लागे किन भनें उनीहरूको अन्तिम संस्कार भएको थिएन।

सगरको पुत्र अंशुमानले आत्माको मुक्तिको असफल प्रयास गरे र त्यस पछि अंशुमानको पुत्र दिलीपले पनि।भगीरथ राजा दिलीपको दोस्रो पत्नीको पुत्र थिए।उनले आफ्नो पूर्खाले गरेको अन्तिम संस्कार गरे।उनले गङ्गालाई पृथ्वीमा ल्याउने प्रण गरे जसबाट उनको अन्तिम संस्कार गरेर, आत्मालाई गङ्गाजलमा प्रवाहित गर्न सकियोस र भटकिएको आत्माहरू स्वर्गमा जान सकोस।भगीरथले ब्रह्माको घोर तपस्या गरे ताकि गङ्गालाई पृथ्वीमा ल्याउन सकियोस।ब्रह्मा प्रसन्न भए र गङ्गाको पृथ्वीमा पठाउनको लागि तयार भए र गङ्गाको पृथ्वीमा र उसपछि पातालमा जाने आदेश दिए ताकि सगरको पुत्रहरूको आत्माहरूलाई मुक्ति सम्भव हुन सकोस।तब गङ्गाले भनिन कि म यति ऊँचाई देखि जब पृथ्वीमा झर्दछु, तव पृथ्वीले यति वेग कसरि सहन्छ? तब भगीरथले भगवान शिवलाई निवेदन गरे, र उनले आफ्नो खुला जटाहरूमा गङ्गाको वेगलाई रोकएर, एक लट खोली दिए, जसबाट गङ्गाको अविरल धारा पृथ्वीमा प्रवाहित भए।त्यो धारा भगीरथको पछी-पछी गङ्गा सागर सङ्गम सम्म गयो, जहाँ सगर-पुत्रहरूको उद्धार भयो।शिवको स्पर्शबाट गङ्गा पनि पवित्र भयो र पृथ्वी वासीहरूको लागि धेरै नै श्रद्धाको केन्द्र बन्यो।पुराणहरूको अनुसार स्वर्गमा गङ्गालाई मन्दाकिनी र पृथ्वीमा भागीरथी र पातालमा भोगवति भनिन्छ।यस प्रकार एक पौराणिक कथा अनुसार राजा शन्तनु र गङ्गाको विवाह तथा उनको सात पुत्रहरूको जन्म पाइन्छ।
पं-बालमुकुन्द देबकोटा
सदस्य,सनातन विद्वत्
परिषद् नेपाल।

You May Also Like

More From Author

+ There are no comments

Add yours