पशुपति क्षेत्र विकास कोष ऐन समय सापेक्ष परिमार्जन हुन्छ : पर्यटनमन्त्री

१७ वैशाख, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन गरी समय सापेक्ष बनाइने बताएका छन् ।

बुधबार पशुपति क्षेत्र विकास कोषको ३९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताए ।

उनले चाँडै मस्यौदा मन्त्रिपरिषद् हुँदै संसद् लैजाने प्रतिबद्धता व्यक्त गरे ।

पशुपतिनाथ विश्व हिन्दू धर्मावलम्बीका आस्थाको धरोहर रहेको भन्दै उनले यसले नेपाललाई अन्तर्राष्ट्रिय पहिचान समेत दिएको बताए ।

मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानका रूपमा रहेको पशुपतिनाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours