०८ वैशाख, सिड्नी । अष्ट्रेलियामा पत्रकारद्वय सीता रसाइली (सिड्नी) र निरु त्रिपाठी (मेलबर्न)लाई ‘नइ पारिजात साहित्य पुरस्कार’ प्रदान गरिएको छ ।
पत्रकारिता क्षेत्रबाट साहित्य क्षेत्रमा योगदान गरेको भन्दै उनीहरुलाई ५०० डलरसहित सम्मान गरिएको हो । शनिबार सिड्नीमा आयोजित ‘नइ पारिजात तथा युथ अफ द इयर २०२५’ कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सोही कार्यक्रममा ‘नइ युथ अफ द इयर २०२५’ मा १२-२४ वर्ष उमेर समूहका पाँच युवा प्रतिभा सम्मानित भएका छन् । सम्मानित हुनेमा सिमोन श्रिपाइली (नृत्य, सिड्नी), मोक्षदा अम्गाई (साहित्य, नेपाल), सन्देश पौडेल (गायन, नेपाल), गोरीमा रायमाझी (नृत्य, मेलबर्न), मीया पुन (खेलकुद, सिड्नी) रहेका छन ।
कार्यक्रममा नइ एकेडेमी नेपालकी संस्थापक इन्दिरा प्रसाईंले अनलाइनमार्फत मन्तव्य दिंदै साहित्यिक योगदानको उच्च प्रशंसा गरिन्।
कार्यक्रममा नइ एकेडेमी अध्यक्ष सीमा रोशीले व्यक्तिगतर्फबाट संस्थालाई ५००० डलर योगदान प्रदान गर्ने घोषणा गरेकी छन् ।


+ There are no comments
Add yours