राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैठक सुरु

०४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैठक सुरु भएको छ ।

धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा तीनकुनेको प्रदर्शनका क्रममा प्रकाउ परेका नेताहरूको रिहाइको विषयमा छलफल हुँदैछ ।

चैत १५ गते तीनकुनेमा राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । त्यसदिन भएको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये ८२ जना प्रहरी अनुसन्धानमा छन् ।

८२ जना मध्ये ७४ जना प्रहरी हिरासतमा छन् भने ८ जना हाजिर जमानीमा रहेका छन् ।

हिरासतमा रहेका नेताहरूलाई रिहा गर्न राप्रपाले सरकारलाई आग्रह गर्दै आएको छ ।

यसका साथै केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यही बैशाख ७ गते राजधानीमा गर्ने भनिएको प्रदर्शनको तयारीको बिषयमा समेत छलफल हुँदैछ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी, पुर्बअध्यक्ष प्रकाश चन्द्र लोहनी, नेताहरू विक्रम पाण्डे, बुद्धिमान तामाङ, राजेन्द्र गुरूङ लगायत रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours