ह्याम्स अस्पतालको दोस्रो स्वास्थ्य संवाद श्रृंखला आज

२९ चैत्र, काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले वार्षिकोत्सवको अवसरमा आज शुक्रबार दोस्रो संवाद श्रृंखला गर्दै छ। ‘बृहत सामाजिक हितको लागि ह्याम्सको पहल’ भन्दै अस्पतालले नीतिगत बहस श्रृंखला सुरु गरेको हो।

अघिल्लो वर्षबाट सुरु भएको संवाद श्रृंखलालाई ह्याम्सले हरेक वार्षिकोत्सवमा निरन्तरता दिने जनाएको छ। वार्षिकोत्सवका अवसरमा ‘स्वास्थ्य सबैको सरोकार’ नारासहित एक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नीतिगह बहस सुरु गरिएको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए।

अस्पतालको २०८१ सालको वार्षिकोत्सवको अवसरमा आज शुक्रबार दिउँसो १२:१५ बजे, धुम्वाराहीस्थित होटल रमादामा ‘संवाद श्रृंखला–२’ कार्यक्रमको आयोजना गरेको हो।तीन सत्रमा विभाजित सो कार्यक्रममा नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र नागरिकको स्वास्थ्यमा हुने लगानी सम्बन्धी विषयमा बृहत छलफल हुने जनाइएको छ।

कार्यक्रमको पहिलो सत्रमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच’बारे छलफल हुनेछ भने दोस्रो सत्रमा ‘नागरिकको स्वास्थ्यमा लगानी’ विषयमा बहस गरिनेछ। तेस्रो तथा अन्तिम सत्रमा पहिलो दुई सत्रको सारांश प्रस्तुत गरिनेछ र प्रमुख मन्तव्य उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहबाट राखिनेछ।

web training concern
नागरिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबारे बृहत् छलफल गरी समाधानका उपाय र सुझाव निकाल्नु कार्यक्रमको उद्देश्य रहेको अस्पतालले बताएको छ । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सांसदहरू लगायतको उपस्थिति रहनेछ।

ह्याम्स अस्पतालले विगत ७ वर्षदेखि धुम्वाराहीमा अत्याधुनिक भौतिक पूर्वाधारसहित सेवा दिँदै आएको छ। अस्पतालले उच्चतम प्रविधि, अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको छ।

संस्थापक अध्यक्ष भण्डारीका अनुसार स्वास्थ्य क्षेत्रका जटिल चुनौती समाधान गर्न समाजमा बहसको वातावरण आवश्यक भएकाले ह्याम्सले सामाजिक उत्तरदायित्व बोध गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours