२२ चैत, काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ८ महिना (साउन-फागुन) मा १२७ देशसँग ब्यापार घाटा व्यहोर्दा ३४ देशसँगको ब्यापारमा मात्र नाफा कमाएको छ । भन्सार विभागका अनुसार आठ महिनामा नेपालले १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजारको वैदेशिक ब्यापार गरेको छ । जसमा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँको सामान आयात गरेको छ भने १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँको मात्र सामान निर्यात गरेको हो ।
यस्तै समिक्षा अवधिमा नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ । नेपालले सबैभन्दा बढि भारतसँग ५ खर्ब ६३ अर्ब ६७ करोड ६१ लाख ३५ हजार रुपैयाँको ब्यापार घाटा व्यहारेको छ । यो ८ महिनामा भारतबट ६ खर्ब ८८ अर्ब ६८ करोड ४९ लाख ६० हजार रुपैयाँ बरारबरको वस्तु तथा सामान आयात हुँदा १ खर्ब २५ अर्ब ८८ लाख २६ हजार रुपैयाँको निर्यात भएको छ ।
यस्तै नेपालले भारतपछि चिनसँग सबैभन्दा धेरै घाटाको व्यापार गरेको छ । चिनसँग २ खर्ब १९ अर्ब १८ करोड ५२ लाख ५२ हजार रुपैयाँको आयात गर्दा २ अर्ब १२ करोड १६ लाख ६३ हजार निर्यात गरेको छ । यो अवधिमा चिनसँग ५ खर्ब ६३ अर्ब ६७ करोड ६१ लाख ६५ हजार रुपैयाँको ब्यापार घाटा रहेको विभागले जनाएको छ ।
यसैगरि अर्जेन्टिनाबाट ४६ अर्ब ६४ लाख ६ हजार रुपैयाँको सामान आयात हुँदा १६ लाख २४ हजारको मात्र निर्यात भएको छ । यो अवधिमा अर्जेन्टिनासँग मात्र ४६ अर्ब ४७ लाख ८२ हजार रुपैयाँको व्यापार घाटा भएको छ । यस्तै युक्रेनबाट १८ अर्ब ५५ करोड ९२ लाख २५ हजार रुपैयाँको आयात र ४७ लाख २८ हजार रुपैयाँको मात्र निर्यात भएको छ । जसले गर्दा नेपाललाई १८ अर्ब ५५ करोड ४४ लाख ९६ हजार रुपैयाँको ब्यापार घाटा भएको छ ।
ब्यापार घाटा हुँने पाचौं स्थानमा छ संयुक्त अरब इमिरेट्स (युएई) । युएईबाट १९ अर्ब ६४ करोड ६९ लाख ८३ हजार रुपैयाँको आयात हुँदा १ अर्ब ८१ करोड ८९ लाख रुपैयाँको निर्यात भएको छ । जसबाट १७ अर्ब ८२ करोड ८० लाख ८३ हजार रुपैयाँको व्यापार घाटा भएको छ ।
यसैगरि अष्ट्रेलियाबाट १२ अर्ब ८२ करोड ८० लाख २० हजारको आयात र १ अर्ब १४ करोड ८६ लाख ७० हजार रुपैयाँको निर्यात गर्दा ११ अर्ब ६७ करोड ९३ लाख ५० हजार रुपैयाँको व्यापार घाटा भएको छ ।
यस्तै मलेसीयाबाट ९ अर्ब ७८ करोड ७५ लाख ५० हजार रुपैयाँको आयात गर्दा १३ करोड ४७ लाख ११ जहार रुपैयाँको मात्र निर्यात भएको छ । जसबाट ९ अर्ब ६५ करोड २८ लाख ३९ हजार रुपैयाँको ब्यापार घाटा भएको छ ।
यसैगरि इन्डोनेशियाबाट ९ अर्ब ६४ करोड ७१ लाख ४ हजार रुपैयाको आयात र २४ करोड २३ लाख २७ हजार रुपैयाँको निर्यात भएको छ । जसले गर्दा ९ अर्ब ४० करोड ४७ लाख ७७ हजार रुपैयाको व्यापार घाटा भएको छ ।
यस्तै थाइल्याण्डबाट ९ अर्ब ३० करोड ४८ लाख ९० हजारको आयात गर्दा ४ करोड ४ लाख २ हजार रुपैयाँको मात्र निर्यात भएको छ । जसबाट ९ अर्ब २६ करोड ४४ लाख ८८ हजार रुपैयाँको ब्यापार घाटा भएको छ ।
यहि अवधिमा ब्राजीलबाट ६ अर्ब २ करोड ५८ लाख ८ हजार रुपैयाँको आयात हुँदा २५ करोड ३ लाख ६ हजार रुपैयाँको मात्र निर्यात भएको छ । जसबाट ६ अर्ब ७ लाख ७३ हजार रुपैयाँको ब्यापार घाटा भएको छ ।
यसैगरि युनाइटेड स्टेडबाट १७ अर्ब ३५ करोड १६ लाख ८० हजार रुपैयाँको आयात र ११ अर्ब ३७ करोड ८१ लाख २ हजारको निर्यात गर्दा ५ अर्ब ९७ करोड ३५ लाख ७८ हजार रुपैयाँको ब्यापार घाटा भएको छ ।
यी देशसँगको व्यापार नाफामा
नेपालले सबैभन्दा बढी अफगानस्तानबाट ६५ करोड ७९ लाख ६६ हजार रुपैया नाफा कमाएको छ । समिक्षा अवधिमा १ करोड ५९ लाख १९ हजार रुपैयाँको आयात गर्दा ६७ करोड ३८ लाख ८५ हजार रुपैयाको सामान निर्यात भएको छ ।
यस्तै डेनमार्कबाट २९ करोड ६० लाख ५० हजारको आयात भएको छ भने ४५ करोड ५१ लाख ४७ हजार रुपैयाको निर्यात भएको छ । जसले गर्दा १८ करोड ९० लाख ९७ हजार रुपैयाँ नाफा भएको छ । यस्तै, रसियन फेडेरेसनबाट १० करोड १९ लाख १९ हजार रुपैयाँको आयात हुँदा १२ करोड ६९ लाख ४१ हजार रुपैयाँको निर्यात गरेको छ । जसबाट २ करोड ५० लाख २२ हजार रुपैयाँको नाफा भएको छ ।
यस्तै अष्ट्रियाबाट २२ करोड २० लाख ८१ हजार रुपैयाँको आयात गर्दा २४ करोड ३३ लाख ७ हजार रुपैयाँको निर्यात भएको छ । जसवापत नेपाललाई २ करोड १२ लाख २६ हजार रुपैयाँ नाफा भएको छ ।
यस्तै लाट्भिया १ करोड ९५ लाख १० हजार रुपैयाँको आयात र ३ करोड ५३ लाख ९६ हजार रुपैयाँको निर्यात गर्दा १ करोड ५८ लाख ८६ हजार रुपैया नाफा भएको छ । यसैगरि माल्दिसबाट ६६ हजारको आयात हुँदा १ करोड ५४ लाख ३९ हजार रुपैयाँको निर्यातबाट १ करोड ५३ लाख ७४ हजार रुपैयाँ नाफा भएको छ ।
यसैगरि क्रोएसियामा नेपालले १ करोड ५५ लाख ३६ हजार रुपैयाँको सामान निर्यात गरेको छ भने ३२ लाख ९२ हजार रुपैयाको मात्र आयात गरेको छ । यसबाट १ करोड २२ लाख ४४ हजार रुपैयाँ नाफा भएको छ । सोही अवधिमा आइसल्याण्डबाट १ लाख ५७ हजारको आयात हुँदा १ करोड २१ लाख ५२ हजार रुपैयाको निर्यात भएको छ । यसबाट १ करोड १९ लाख ९५ हजार रुपैया नाफा भएको छ।
यस्तै न्यू क्यालेडोनियाबाट ५ हजारको आयात हुँदा ९८ लाख ७३ हजार रुपैयाको निर्यातबाट ९८ लाख ६८ हजार रुपैयाको व्यापार नाफा भएको छ ।
यस्तै माल्टाबाट ९ लाख ९९ हजार रुपैयाको आयात हुँदा १ करोड ७ लाख ७६ हजार रुपैयाको निर्यात भएको छ । जसबाट ९७ लाख ७७ हजार रुपैयाँ नाफा भएको छ ।


+ There are no comments
Add yours