नासा र स्पेसएक्सले नयाँ क्रू मिसन प्रक्षेपण गर्ने

०१ चैत, काठमाडाैं । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन्।

यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समय अनुसार साँझ ७ः४८ बजे स्पेसएक्स फाल्कन ९ रकेटबाट प्रक्षेपण गर्ने तालिका थियो। तर नासाका अनुसार फाल्कन ९ रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रविधिको समस्याका कारण प्रक्षेपण रद्द गरिएको थियो।

नासाका अनुसार मिसन प्रबन्धकहरूले बुधबार साँझ भेट गरे र अन्तरिक्ष यानको उडान मार्गमा उच्च हावा र वर्षाको पूर्वानुमानका कारण प्रक्षेपण प्रयास बिहीबार स्थगित गर्ने निर्णय गरे।

यो मिसनले चार अन्तरिक्ष यात्रीहरूलाई आइएसएसमा लैजाने छ। गत जुनदेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विल्मोरसहित चार क्रू–९ अन्तरिक्ष यात्रीहरूलाई घर ल्याउने छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours