बिटक्वाइनको मूल्यमा २०२२ यताकै ठूलो गिरावट

१९ फागुन, काठमाडौं । बिटक्वाइनको मूल्य १७.५ प्रतिशतले घटेको छ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य २०२२ को जुनयताकै ठूलो मासिक गिरावट हो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि बिटक्वाइनलगायत विभिन्न क्रिप्टोकरेन्सीको मूल्य बढेको भएतापनि फेब्रुअरीमा बिटक्वाइनको मूल्य १७.५ प्रतिशतले घटेको छ। जुन २०२२ को यताकै ठूलो मासिक गिरावट हो । गत जनवरीको मध्यमा सबैभन्दा उच्च एक लाख ९ हजार ७१ अमेरिकी डलर पुगेको बिटक्वाइनको मूल्य अहिले १७.५ प्रतिशतले घटेको हो ।

बिटक्वाइनको मूल्य फेब्रुअरी महिनामा सबैभन्दा कम ७८ हजार २७३ अमेरिकी डलर पुगेको थियो भने अन्तिम कारोबार ८४ हजार २५२ अमेरिकी डलरमा भयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours