केपी ओली कपमा उत्कृष्ट हुने चार विधाका खेलाडीले मोटरसाइकल पनि पाउने

१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कारसँगै यामाहाको तर्फबाट बाइक पनि पाउने भएका छन ।

राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसी का अनुसार यामाहाको तर्फबाट सलुटो १२५ सीसी को बाइक प्रदान गर्न लागिएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने यसअघि नै आयोजकले घोषणा गरि सकेको छ ।

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours