२० माघ, काठमाडौं । टाटाको नेपालीका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नयाँ मोडलको गाडी सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै आइतबार ‘नेक्सन के३ डट ईभी’ गाडी सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेक्सनका अन्य मोडलका गाडी जस्तै नेक्सन के३ डट ईभी पनि ग्राहकको रोजाइमा पर्ने विश्वास लिएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले बताए ।
‘यो गाडी लुक्सका हिसावले पनि निकै आकर्षक छ, लामो समयदेखि आम ग्राहकको प्रतिक्षमा रहेको यो गाडीको बुकिङ पनि खुल्ला गरिसकेका छौं, टाटाका अन्य मोडल जस्तै यो गाडीको पनि धेरैको रोजाइमा पर्ने अपेक्षा हाम्रो हो,’ उनले भने ।
नपाली सडकको लागि निकै उपयुक्त रहेको यो गाडी फिचरको हिसाबले पनि उत्कृष्ट छ । एक पटकको फुल चार्जमा ३२५ किलोमिटरको यात्रा तय गर्नसक्ने यस गाडीमा ९८ किलोवाट क्षमताको मोटर छ ।
ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के३मा ३६० डिग्री क्यामरा उपलब्ध छ । नेक्सन के३ डट ईभीलाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ । जुन गाडीको किन्दा निःशुल्क दिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यो गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको यो गाडीमा ३५० लिटरको बुट स्पेस दिइएको छ ।
+ There are no comments
Add yours