ताप्लेजुङमा चर्कियो ‘गो ब्याक चन्द्र ढकाल’ को नारा: राज्यको संरक्षणमा पाथिभरा देवीकै अगाडि चरम अनियमितता

२० माघ, काठमाडौं । ताप्लेजुङस्थित मुक्कुमलुङ (पाथीभरा) जाने बाटोमा आजकल हरेक दिन एउटा नारा घन्किन्छ, ‘गो ब्याक चन्द्र ढकाल’ ,’नो केवलकार’। विना प्रतिष्पर्धा देशभरीका डाँडाकाँडामा केवलकार बिस्तार गर्न लागेका चन्द्र ढकालले निर्माण गर्न थालेको पाथीभरा केवलकारको स्थानीयले लामो समयदेखि बिरोध गर्दै आइरहेका छन् ।

पाथीभरा केवलकारका मालिक व्यापारी चन्द्र ढकालद्धारा मुक्कुमलुङ क्षेत्रमा केवलकार सञ्चालनका लागि सशस्त्र क्रयाम्प खडा गरी केवलकार सुरक्षार्थ खटिन आईपुगेका सशस्त्र टोलीलाई प्रतिवाद गर्ने क्रममा आन्दोलनरत मुक्कुमलुङ संरक्षण सयुक्त समितिबाट परिचालित युवा दस्ताका आक्रोस हो यो ।

मुक्कुमलुङ पाथीभारा दर्शन गर्ने क्रममा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटना परी मृत्यु भएपछि पाथीभरा केवलकारको चर्चा शिखरमा पुगेको हो । मुक्कुमलुङमा पाथिभरा केबलकार सञ्चालनको हल्ला चलेको करिव दुई दशक भएपनि पाँच बर्षदेखि मात्रै यो बिषय चर्चामा छ ।

स्थानीय समुदायको भावनाविपरीत परियोजना निर्माण गर्न लाग्दा प्रसिद्द धार्मिक तीर्थस्थल पाथिभरामा चर्चा चलेको यतिका समयसम्म पनि केवलकार बन्न सकेको छैन। केही अमुक व्यापारीले राज्य सत्तामा पहुँच भएको आधारमा स्थानीय समुदायका भावना र मर्म विपरीत केबलकार सञ्चालन गर्ने दुश्साहस गरको आरोप छ । मुक्कुमलुङलाई पवित्र मुन्धुमी आध्यात्मिक आश्थाको केन्द्रको रुपमा पुज्ने गरेकाले पाथीभरा देवि दर्शन प्रा.लि. नामक कम्पनीबाट केवलकार निर्माणबाट धार्मिक एवम् साँस्कृतिक अतिक्रमण,जैविक विविधताप्रति प्रतिकुल असर पुग्ने र स्थानीय सर्वसाधरण नागरिकका रोजीरोटी खोसिने भन्दै स्थानीयले केवलकार सचालनविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् ।

केवलकारको जग्गा खरिदमा चरम अनियमितता

विकासका नाममा मुक्कुमलुङ जस्तो पवित्र भूमिमा व्यापारिक घरानाका आइएमइ ग्रुपका मालिका चन्द्र ढकालले स्थानीय जिल्लादेखि केन्द्रका नेता,प्रशासन सवै आर्थिक प्रलोभनमा किनवेच गरेका छन् भन्ने आन्दोलनकारीको आरोप छ । यहिँ कारण मुक्कुमलुङ केवलकारविरुद्धको आन्दोलन चरम अवश्थामा पुग्दा पनि सम्बन्धित जिल्लाका साँसद, जिल्लाका नेता मौनता साँधेर वसेका संघर्ष समितिको आरोप छ ।

त्यस्तै । केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका ११ को काफ्ले पाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य ९० हजार रुपैयाँ पर्ने जग्गा ९० लाख रुपैयाँप्रति रोपनीका दरले खरीद गरेको भेटिएको हो ।

मालपोत कार्यालय, ताप्लेजुङका अनुसार पाथीभरादेवी दर्शर्न केवलकार प्रालि नामक कम्पनीलाई पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले सो मूल्यमा २९ रोपनी जग्गा बिक्री गरेको मालपोत कार्यालय ताप्लेजुङले उपलब्ध गराएको पाइएको छ । २९ रोपनी जग्गा कारोबार गर्दा २ करोड ३४ लाख ७७ हजार रुपैयाँ राजस्व तिरिएको छ । पाथीभरादेवी दर्शन केवलकार प्रालिलाई जग्गा बिक्री गर्ने बरुवाल पाथीभरा क्षेत्र विकास समितिकापुर्व अध्यक्ष हुन् । यती होल्डिङ्सको लगानी रहेको प्रालिमा बरुवालसहित स्थानीय ईश्वरी पौडेललगायतको लगानी छ रहेको बुझिएको छ । काफ्ले पाटीमा सो समूहले जग्गा खरीद गर्नुभन्दा पहिले ९० हजारदेखि एक लाखसम्म प्रति रोपनी जग्गा पाइन्थ्यो । तर, सो समूहले ९४ हजार रुपैयाँ प्रतिरोपनी खरीद गरेर ९० लाख रुपैयाँ प्रतिरोपनी मूल्य कायम गरी पाथीभरा देवी दर्शन केवलकारका प्रालिको नाममा जग्गा नामसारी गरेको हो ।

‘केवलकार कम्पनीको नाममा ९० लाख रुपैयाँ देखाएर ठूलो आर्थिक चलखेल भएको आशंका छ । यसरी केवलकारको नाममा स्थानीयहरू ठगिंदैछन् ।

व्यापारी ढकालले केवलकारको नाममा ९० लाख रोपनीको भारी सर्वसाधारणलाई बोकाउँदैछन् । जग्गाको मुनाफा माफियाले लिन्छन् सीमित व्यक्तिले मुनाफा लिने गरी यो काम हुने तयारी भएकाले ठगहरुले स्थानीय ताप्लेजुङ वासिन्दाहरुलाई मज्जाले लुट्ने षडयन्त्रको रुपमा बुझेका छन् । मालपोत कार्यालय ताप्लेजुङसँग बुझ्दा कारोबारको रकम चलनचल्तीको दररेट भन्दा धेरै माथि दररेटमाा जग्गा किनवेच भएको पाइएको छ । ‘यो अस्वाभाविक मूल्य हो । महँगो मूल्यमा जग्गा खरीदबिक्री भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि ढकालले शक्तिको दुरुपयोग गर्दै अख्त्तियारसमेत सकरात्मक बनाउने काम गरेको आरोप छ । अख्तियारले समेत मोटो रकममा यो उजुरी सामसुम पारेको भन्ने स्थानीयको आशंका छ ।

कम्पनीलाई सरकारले केवलकार निर्माणका लागि ४.९७ हेक्टर जमीन दिने निर्णय गरिसकेको छ । प्रस्थानविन्दुमा संरचना बनाउन कम्पनीले जग्गा किनेको हो । पाथीभरा क्षेत्रको काफ्ले पाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार बन्नेछ । २ अर्ब ५५ करोड लागत अनुमान गरिएको केवलकार दुई वर्षमा निर्माण गर्ने लक्ष्य राखेको थियो । मुक्कुमलुङमा केवलकार सञ्चालन गर्नु UNDRIP ले व्यवस्था गरेको कानुन विपरीत हुने अधिवक्ता संखर लिम्बु बताउँछन् ।

यी हुन् पाथिभरामा केवलकार सञ्चालन गर्न नमिल्ने ७ कारण:

मुक्कुमलुङ पाथिभरामा केबलकार सञ्चालन गर्नु बेठीक भनिरहँदा विकासमा अवरुद्ध गर्नु हुँदैन भनेर अधिकत्तर रुपमा जवाफ पाईन्छ । । आधुनिक विकासलाई लत्याएर ढुँगे युगमै रमाउनु त ? जस्ता अत्यन्तै पुर्वाग्रहग्रस्त मूर्खतापूर्ण अभिव्यक्तिहरु सुनिन्छ । त्यस्तै विकास सँगसँगै विनास पनि स्वभाविक नै हो भन्ने तर्कहरु पनि यथेष्ट रुपमा नसुनिने होइन। झट्ट सुन्दा त कुरा ठीकै हो जस्तो लाग्छ । विकासमा बाधा अवरोध पुर्याउनु किमार्थ ठीक त होइन् । तर, विकासका नाममा सञ्चालित आधुनिक परियोजनाले पार्ने दीर्घकालीन असरको विषयमा सर्वसाधारणलाई ज्ञानको कुरा त के सूचना मात्र लिन सक्ने अवश्था देखिन्न । सिर्फ चाहियो दलाल (कमिशनखोरी ) पुँजिवादले वनाएका कुरुप विकासे भाष्य कङक्रिट नै कङक्रिटको संरचना ।

यस प्रकारको विकासे गतिविधिले वातावरणमा पुग्ने प्रत्यक्ष प्रभावले प्राकृतिक सम्पदामाथिको अत्यधिक दोहन,पर्यावरणीय क्षेत्रमा पुग्ने ह्रास,जलवायु परिवर्तन,जैविक विविधता अर्थात् बोट बिरुवा ,जडिबुटी र प्राणी जगतमा पर्ने गम्भीर दखलका कारण सिर्जित समस्याहरुको विषयमा नजरअन्दाज गरेका पाइन्छ ।

१. मुक्कुमलुङ ( पाथीभरा) डाँडा हिमाल जतिकै अग्लो डाँडो जो प्राकृतिक वरदानको रुपमा अवश्थित छ । यती विग्न प्राकृतिक सुन्दरतामाथि ह्रास पुग्ने मानवीय गतिविधि ठप्प गर्नु जरुरी छ । जसले जलबायु परिवर्तन लाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

२. ठिङग उभिएको मुक्कुमलुङमा सिर्फ ढुङ्गा र माटोबाट बनेको निर्जीव डाँडो मात्र होइन् । यो डाँडोसँग हजारौं वर्षदेखि स्थानीय रैथाने समुदायले मान्दै( पुज्दै आएका विश्वासका सजिव मुन्धुमहरु जोडिएका छन् । तसर्थ जीवन,दर्शन बक्ने मुन्धुमहरुको आत्मा मार्ने व्यापारीक केन्द्र बनाईनु सोह्रै आना गलत छ ।

३. परियोजनाबाट संयौं प्रजातिका बोट बिरुवा,लोपोन्मुख वन्य जन्तुका वास स्थान, राज्यबाट संरक्षित जडिबुटीहरुको क्षेत्रमा गम्भीर असर पुग्न जाने सुनिश्चित छ । तसर्थ राज्यले लिने वन संरक्षण, दुर्लभ लोपोन्मुख वन्यजन्तु,बोट बिरुवा संरक्षण गर्ने नीति विपरीत यस प्रकारको मुनाफामुखि परियोजना सञ्चालन हुनु आफैमा घातक छ । ईआईए ,आईइइ रिपोर्ट पासकोे विषय त सवै सेटिङमा फर्मालिटि पूरा गर्ने विषय मात्र हुन्

४. केवलकार सञ्चालनले ताप्लेजुङको पर्यटनमा टेवा पुग्ने भनी जुन हल्ला छ त्या सिर्फ केवलकारबाट लाभान्वित स्वार्थ समूहबाट सञ्चालित फण्डा मात्र हो । पर्यटकहरु पर्यटन क्षेत्रमा जति धेरै समय अडियो उति राम्रो मानिन्छ पर्यटन व्यवसायमा । तर,केवलकार सञ्चालनले पर्यटक एक दिन पनि ताप्लेजुङ अडिने स्थिति रहँदैन ।

जस्को प्रभाव प्रत्यक्ष स्थानीयलाई पर्न जान्छ । पाथीभराका कारण आज ताप्लेजुङका होटल व्यावसाय राम्रोसँग सञ्चालनमा टेवा पुगेको छ भने स्थानीय नागरिकले रोजीरोटी पाउने अवसर पाएका छन् । केवलकार सञ्चालनले होटल व्यववासय देखि स्थानीय खुद्रे ब्याबसाय एवम् मजदुरहरुसमेत भने पूर्ण रुपमा विस्थापित हुनेछन् ।

५. केवलकार पर्यटन प्रवद्र्धन,स्थानीय समुदायको हितभन्दा पनि विशुद्ध व्यापारिक मुनाफा कमाउने उदेश्यले निजी क्षेत्रकै सिंगो प्रतिनिधित्व गर्ने व्यक्ती सञ्चालक रहेका कम्पनीबाट सञ्चालित हुनु आफैमा सार्वजनिक सम्पतीमाथिको अतिक्रमण हो, यो आफैमा खेदजनक विषय हो ।

६. हजारौं वर्षदेखि स्थानीय रैथाने समुदायको आश्थाको केन्द्र मुक्कुमलुङमाथिको धार्मिक एवम् साँस्कृतिक अतिक्रमणप्रति अन्तराष्ट्रिय कानूनहरुसमेत आकर्षित हुने सवाल हो । यहिँ मर्मलाई लिएर स्थानीय सरोकारवाला समुदायहरु आन्दोलित हुनुले पनि मुक्कुमलुङमा केवलकार स्थानीय जनताको हितमा छैन् भन्ने प्रष्ट हुन्छ ।

७. केवलकार बन्दा एक त परम्परागत मान्यता एवं प्रचलनअनुसार कान्छिमाताको पुजा नगरी काफ्लेपाटीबाट सिधै पाथीभरा मन्दिर पुगिन्छ भने अर्को तर्फ बहिनी कान्छिमातालाई माथिबाट नाघेर जानुपर्ने हुँदा यस क्षेत्रमा केवलकार बन्नु वैदिक परम्परा र पुजा पद्दतिविपरित हुने हुँदा यसबाट अकल्पनीय क्षती व्यहोर्नुपरेकोले भोलिका दिनमा यस्तो अनिष्ट नहोस् भन्न पनि पाथीभरा देवीलाई यथास्थितिमै रहन दिनुपर्छ ।

चन्द्र ढकाल को हुन ?

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् चन्द्रप्रसाद ढकाल। बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मेका ढकालको व्यवसायिक इतिहास त्यति पुरानो छैन । नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेरका अध्यक्ष ढकालले छोटो समयमा ठूलो व्यावसायिक सफलता प्राप्त गर्ने व्यवसायीमा पर्छन् । विना बदमास,व्यावसायिक सेटिङ विना अर्थात् शक्तिको दुरुपयोप विना यति छिटो आर्थिक उन्नती सम्भव नहुने जानकारहरु बताउँछन् । उनी आइएमइ ग्रूपका मालिक समेत हुन् । यसबाट पनि प्रष्ट हुन्छ कि ढकाल राज्यको स्रोत साधन,शक्ति परिचालन गर्न जस्तोसुकै हत्कण्डा पनि अपनाउन तयार देखिन्छ ।

रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरू सञ्चालन गरेका छन् ।

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी बिस्तार गर्दै ढकाल सातवटै प्रदेशमा आधुनिक विकसको नाममा केवलकार आतंक जारी राखेका छन् । चन्द्रागिरी हिल्स प्रालिबाट सञ्चालित चन्द्रागिरी केवलकार पनि उनकै स्वामित्व रहेको छ । यो केवलकाले सार्वजनिक जग्गा अतिक्रमण गरी केवलका सञ्चालन गरेको भनि अदालतमा मुद्धा परेको थियो । ढकालले अदालत नै पैसामा खरिद गरी केवलकारकै पक्षमा अदालतले फैसला सुनाएको कानून व्यवसायीहरु बताउँछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours