१८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनको युनान युवा फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोलीको प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाले युवा टोलीको मुख्य प्रशिक्षकमा राजेश शाही र सहायक प्रशिक्षकमा दीपक भुसाल नियुक्त गरेको छ भने गोलकिपिङ प्रशिक्षकमा शैलेश कर्माचार्य र दिलीप क्षेत्री नियुक्त भएका छन् ।
सबै प्रशिक्षकलाई एन्फा महासचिव किरण राईले शुक्रबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र प्रदान गरेका थिए ।
नेपाली युवा फुटबल टोलीले चीनको युनान युवा टोलीसँग आगामी फेब्रुअरी १५ मा मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
एन्फा र नेपालस्थित चिनियाँ दुतावासको सहकार्यमा मैत्रीपुर्ण खेलको आयोजना हुन लागेको हो ।
+ There are no comments
Add yours