राधी विद्युतले हकप्रद शेयर निष्काशन गर्ने

२७ मंसिर, काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयर निष्काशन गर्ने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो। अर्थात कम्पनीले कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने छ ।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात सो प्रस्ताव साधारण सभामा पेश गरिने कम्पनीले बताएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours