२७ मंसिर, काठमाडाैं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार २१०० रुपैयाँले बढेको सुन बुधबार २ हजार रुपैयाँले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बुधबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७१२.६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.०६ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours