Advertisement

कुमारी बैंकले १० लाख कित्ता सेयर बिक्री गर्दै, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

0 5

Advertisement

१४ जेठ, काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिदको लागि इच्छुक लगानीकर्ताले आजदेखि जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

शेयर प्रति कित्ता न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

शेयरको न्युनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि एक हजारको गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको सीमाको अधिनमा रहने गरी अधिकत्तम दश लाख कित्ताका लागि आवेदन दिन सकिने छ ।

बोलकबोलमा शेयर बिक्री गर्दै जांदा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी बोलबोलपत्र आवेदनहरु पर्न गई बाँडफाँड हुन बाँकी शेयर भन्दा बढीको माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा शेयर बाँडफाँड गरिनेछ बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.