Advertisement

सानेपामा फेसन फेस्टिभल सुरु, ८० भन्दा बढी फेसन उद्यमी सहभागी

0 22

Advertisement

११ जेठ, ललितपुर । फेसन नेटवर्क नेपालको आयोजनामा ‘नेपाल फेसन फेस्टिभल’ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतका व्यक्तित्वले उद्घाटन गरे ।

आइतबारसम्म आयोजना हुने फेस्टिभलमा ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलालाई सशक्तीकरण’ भन्ने नाराका साथ आयोजना गरिएको छ ।

महानगर उपप्रमुख शाक्यले फेस्टिभलले जीवनका सबै पक्षलाई समेट्ने आशा लिएको बताइन् । ‘मलाई फेसन गर्न नआउने भएपनि फेसन भनेको आफ्नै आत्मविश्वासको स्तरमाथि पुर्‍याउने शैली हो भन्ने बुझेकी छु,’ उनले भनिन् ।

मेलामा प्रदर्शकको रुपमा सहभागी ८० भन्दा बढी उद्यमी–व्यवसायीलाई सफलताको शुभकामना दिंदै उनले नेपालमै बसेर केही गर्छु भन्ने हिम्मतका लागि सलाम गर्ने बताइन् ।

आयोजक संस्थाका निर्देशक प्रशान्त ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न, यो क्षेत्रमा आवद्ध भएका सम्पूर्ण व्यक्ति, संघ, संस्था, उद्यमीलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरुको बारेमा जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

ताम्राकारले नेपाली फेसन, सौन्दर्य, जीवनशैली तथा कलाको क्षेत्रको उत्सवको रुपमा तीन दिने नेपाल फेसन फेस्टिभलको आयोजना गरिएको समेत बताए । आयोजक संस्थाका अर्का संस्थापक निर्देशक शेखरराज कसजुले यो फेस्टिभलमार्फत रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्य लिइएको बताए ।

नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इ–कमर्समार्फत यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले आफूहरुले बोकेको कसजुले बताए । उद्घाटन सिक्वेन्सको रुपमा बीआईए फाउन्डेसनका आठ व्यक्तिले मोडलको रुपमा ह्विलचेयरमै र्‍याम्पमा प्रस्तुत भएर फेसन शो प्रस्तुत गरे ।

जेठ ११ देखि १३ गतेसम्म साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना हुनेछ । जहाँ दुई दर्जनभन्दा बढी मोडलले फेस्टिभलमै आवद्ध बुटिक तथा डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गर्नेछन् ।

जेठ ११ देखि १३ गतेसम्म साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना हुनेछ । जहाँ दुई दर्जनभन्दा बढी मोडलले फेस्टिभलमै आवद्ध बुटिक तथा डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गर्नेछन् ।

तीन दिनसम्म फेसन उद्योगको वरपर रहेर हरेक दिन दुई वटा प्यानल डिस्कन कार्यक्रम सञ्चालन गरिंदैछ समस्या, सम्भावना र चुनौतीहरुका बारेमा विचार मन्थन हुनेछन् । फेसनसँग सम्बन्धित वर्कसप र मास्टर क्लास सञ्चालन हुनेछन् ।

गेहेन्द्र धिमाल फाउण्डेसनको नेतृत्वमा फेसन फोटो प्रदर्शनीसमेत आयोजना भइरहेको छ, जहाँ राजभाइ सुवाल, गेहेन्द्र धिमालसहितका फेसन फोटोग्राफरले खिचेका फेसन फोटोग्राफीहरुको प्रदर्शनी गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.